News Portal

कर्णालीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका अझै भेटिएनन्

हिमाली संचार संवाददाता
५४५ पटक

कैलाली : सोमबार साँझ डुंगा दुर्घटनामा बेपत्ता भएकोहरुको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । कैलालीको मोहन्याल गाउँपालिका-७ पितमारीमा रहेको कर्णाली  नदीमा डुंगा पल्टदा पाँच मध्ये दुईजना बेपत्ता भएका थिए भने तीनजना पौडिएर बाँचेका छन् । उनीहरु दशैं दिवा मनाउन कर्णाली नदी किनारमा पुगेका थिए ।

वेपत्ता हुनेहरुमा जोशीपुर गाउँपालिका-६ का २३ वर्षीय पुरुषोत्तम चौधरी, सोही गाउँपालिका २ का २२ वर्षीय समिर बडेला रहेको प्रहरीले जानकारी दिएको छ ।

बर्दगोरिया गाउँपालिका वौनियाका दुसान्त हमाल (३२ वर्ष), चक्र विडारी (२२) र डुंगा चालक मोहन्याल गाउँपालिका ७ का प्रकाश विष्ट भने पौडिएर बाँचेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीका अनुसार उनीहरु चढेको डुंगा अनियन्त्रित भइ पल्टिएको थियो ।

वेपत्ताको खोजीका लागि स्थानीय गोताखोर, टीकापुरबाट गएको सशस्त्र प्रहरीको टोली, इलाका प्रहरी कार्यालय चिसापानीको टिम र आफन्तहरु विहानैदेखि खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । पानी अत्याधिक चिसो भएका कारण गोताखोरहरु डुंगा दुर्घटामा भएको स्थानमा पानी मुनी जान सकिरहेका छैनन् । घाम लागेपछि मात्रै पानी भित्र गएर खोज्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...