चर्चित गायक प्रमोद खरेल र मेचु धिमाललाई कुवेतको अन्तरराष्ट्रिय विमानस्थलमा भब्य स्वागत !
कुवेत सिटी। गायक प्रमोद खरेल र मेचु धिमाल बिहीबार बिहान कुवेत आइपुगेका छन। भोली शुक्रबार सेप्टेम्बर ३० तारिखका दिन हुन गईरहेको नेपाल कुबेत सरोकार समाज कुवेतको चौथो सांगितिक धमाकाका लागि कुवेत बोलाइएको हो।
उक्त कार्यक्रममा भाग लिन कुवेत आएका अतिथी कलाकारहरुलाई कुवेतस्थित अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतका क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका पदाधिकारीहरु, बुद्धिजिबी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीलगायत सो संस्थाका पदाधिकारीहरुले कलाकारद्वय प्रमोद खरेल र मेचु धिमाललाई फुलगुच्छा, खादा र दोसल्ला ओढाएर भब्य रुपमा स्वागत गरेका थिए।
नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित वडा दशैँ तथा रमझम साँस्कृतिक कार्यक्रम २०७९ लाई भब्य र सभ्य रुपले सफल पार्नको लागी आयोजक संस्थाले अनुरोधसमेत गरेको छ।
उक्त कार्यक्रमलाई सफल पार्नको लागि नेपालीहरुको सर्वाधिक रुचाइएको कुवेतको (BEC Exchange Kuwait) बिईसी मनि एक्सचेन्ज र सिटी एक्सप्रेसले स्पोन्सर गरेका छन।
तपशील:
स्थान – ३० सेप्टेम्बर २०२२, शुक्रबार,
समय – बिहानको ठीक ११ बजे,
मिति – इन्डियन सेन्ट्रल स्कुल जिलिब,
आयोजक – नेपाल कुबेत सरोकार समाज, कुवेत।
थप तस्बीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।


















