News Portal

नगरपालिकाभित्रै पत्रकार र वडा अध्यक्षबीच कुटाकुट

६४० पटक

नारायण खड्का : प्युठानमा एकजना पत्रकार र वडा अध्यक्षका बीचमा कार्यकक्षमै हानाहान भएको छ । कुटाकुटमा परी स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर भट्टराई दुवै घाइते भएका छन्।

विप्लव नेतृत्वको क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य समेत रहेका विकको टाउकोमा चोट छ भने तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका भट्टराईको आँखा नजिक अनुहारमा घाउको खत बनेको छ।

उपचारका लागि पत्रकार विक सोमबार राति नै बुटवल पुगेका थिए भने वडा अध्यक्ष मंगलबार बिहान मात्रै उपचारको लागि बुटवल जाँदै गरेको सेतोपाटीलाई प्रतिक्रिया दिए। पत्रकार विकको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पत्रकार र वडा अध्यक्षका बीचमा सोमबार दिउँसो साढे ३ बजेतिर स्वर्गद्वारी नगरपालिकाभित्रै कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी निर्मल बुढाथोकीले सेतोपाटीलाई जानकारी दिए।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा पत्रकार विक सम्पर्कमै आउन चाहेनन् तर घटना भएकै दिन सोमबार नै क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले त्यसको विरोध गरेका छन्। रावतले जारी गरेको विज्ञप्तिमा विकमाथि वडा अध्यक्षले खुकुरी प्रहार गरेको आरोप लगाएका छन्।

त्यस्तै, मंगलबार बिहान स्वर्गद्वारी नगरपालिकाले पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षको बचाउ गरेको छ ।

कमिसनको खेलले कुटाकुट – डिएसपी बुढाथोकी 

स्वर्गद्वारी नगरपालिकाको गिट्टी बालुवाको टेन्डरमा कमिसनको विषयमा कुरा नमिलेपछि कुटाकुट भएको डिएसपी बुढाथोकीले बताए।

‘सोमबार बालुवा गिट्टीबारे नगरपालिकामा सम्झौता हुने क्रममा कुरा नमिलेपछि दुबै पक्षका बीचमा कुटाकुट भएको हो,’डिएसपी बुढाथोकीले भने।

‘पहिला केन्द्रले नै मलाई हान्नु भएको हो’ – वडा अध्यक्ष भट्टराई

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर भट्टराईले सुरूमा पत्रकार केन्द्रप्रकाश विकले नै आफूलाई हात छोडेपछि आफूले पनि हात छोड्न बाध्य भएको प्रतिक्रिया दिएका छन्। नगरपालिकाका भौतिक पूर्वाधार निर्माण समितिका संयोजक समेत रहेका वडा अध्यक्ष भट्टराईले भने ‘सुरूमा उहाँले मलाई झ्याम्मै पारेर दाहिने आँखाको नजिकै मुक्का हान्नुभयो अनि म पनि हात छोड्न बाध्य भए।’

वडा अध्यक्ष भट्टराईका अनुसार असोज ४/५ गतेवाट गोप्य रूपमा १२ लाख बढीमा स्थानीय नेत्र घर्तीलाई माडी खोलाबाट बालुवा गिट्टी निकासीको अनुमति प्रदान गरिएको थियो। तर, सोमबार ठेकेदार घर्ती र पत्रकार विक सहितका केही व्यक्ति त्यसको सम्झौता गर्न भनि नगरपालिकामा पुगे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा छलफल जारी थियो।

‘प्रदेश सरकारले खोलाजन्य वस्तुको निकासीको लागि स्पष्ट निर्देशन दिइसकेको छैन। त्यसैले बालुवा गिट्टीको निकासी गर्न पाइँदैन। त्यसैले आफूहरूले  गोप्य रूपमा मिलाएको वडा अध्यक्ष भट्टराईले बताए।

‘प्रदेशको निर्देशन आइनसकेको हुँदा सम्झौता गर्न मिल्दैन पहिले जस्तै गोप्य रूपमा बालुवा गिट्टी निकासी गर्नुहोस् भन्दा उहाँहरू आवेगमा आउनु भयो,’– वडा अध्यक्ष भट्टराईले भने, ‘त्यति नै बेला ठेकेदार नेत्र घर्तीले मलाई घूस माग्नु भएको थियो र हामीले नदिएपछि सम्झौता रोक्न आउनु भयो भन्ने आरोप लगाउनु भयो।’

त्यो आरोप प्रमाणित गर्न र आफ्नो चरित्र हत्या नगर्न आग्रह गर्दा एक्कासी पत्रकार विक उठेर आफूमाथि आक्रमण गरेको वडा अध्यक्ष भट्टराईले आफ्नो बचाउ गरे।

‘हो,त्यसपछि त्यहाँ हाम्रो कुटाकुट र ठेलमठेल भएकै हो, त्यो क्रकमा कहाँ कति चोट पटक लाग्यो थाहा भएन। तर मलाई  खुकुरीले हान्यो भन्नु सरासर गलत हो,’ वडा  अध्यक्ष भट्टराईले भने।

आफूलाई पनि अनुहार, टाउको लगायत शरीरका विभिन्न भागमा चोट पटक लागेको हुँदा उपचारको बुटवलतर्फ जाँदै गरेको बताए । सेतोपाटी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निर्वाचनले रास्ट्रको समस्या सामाधान गर्न नसक्ने

– कमला थापा २०८२ फागुन १० गते आईतबार। देश असुरक्षित हुँदै गएको धेरै भयो। सुशासनका...

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...