News Portal

कवि भुपाल राईको ‘यारी’ कविता संग्रह सार्वजनिक

हिमालीसंचार संवाददाता
४१६ पटक

काठमाडौं – वरिष्ठ कवि तथा साहित्यकार भुपाल राईको पछिल्लो कविता संग्रह ​‘यारी’ सार्वजनिक गरेका छन्। काठमाडौं स्थित मण्डला थिएटर हलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको कविता संग्रहलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो।

आयोजित कार्यक्रम निक्कै छोटो तर महत्व र अर्थपूर्ण तरिकाले विमोचन गरिएको उक्त कार्यक्रममा दुई पुस्ताका प्रतिनिधि पाँच कविहरुद्वारा विमोचित संग्रह भित्रको कविता बाचन समेत गरिएको थियो। कविता वाचन पश्चात तिनै पाँच प्रतिनिधि कवि र उक्त विमोचित संग्रहका कवि संयोजक भुपाल राईद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो। 

एकात्मक राज्यसत्ताले निर्माण गरेको साँस्कृतिक विभेदको विरुद्ध चालिसको दसकदेखि निरन्तर गीत, संङगित र साहित्य मार्फत कलम चलाई रहेका कवि भुपाल राईलाई राज्यसत्ताले प्रतिपक्षि तथा बिद्रोहि कविको रुपमा हेर्ने र चिन्ने गरेको छ, भने परिवर्तन समानताका पक्षपाति तथा सिमान्तकृत समुदायले भने कवि राईलाई आफ्नो साँस्कृतिक आन्दोलनको एक कुशल कमाण्डरको रुपमा हेर्ने गरेका छन्​। 

सुम्निमाको तस्बिर (२०५३) दाजै, कविता गाउँमै छ,(२०५७) पहिलो हरफ शिरबन्दि, (२०५९) सिमान्त सौदर्य, (२०७०) र अगोले जन्मोत्सब मनाउँदैन सन (२०१५) पछी यो पछिल्लो कविता संग्रह ‘यारी’ ल्याएका कवि राईले थुप्रै महत्वपुर्ण पुस्तकहरुको सम्पादन समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...