News Portal

मसाला पिस्ने लोहोरोले हानेर श्रीमतीको हत्या

हिमालीसंचार संवाददाता
३८१ पटक

प्रेमनारायण आचार्य
सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेका छन्।

घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार प्रारम्भिक अनुसन्धानबाट घरमा पटक पटक झगडा हुने गरेको पाइएको छ।

पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको उनले बताए। मनकलाको घटनास्थलमै मृत्यु भएको थियो।

मृतक मनकलाका श्रीमानलाई  इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होम रेग्मीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...