News Portal

सुजन कडेलका चार मुक्तकहरु

हिमालीसंचार संवाददाता
४३३ पटक

मुक्तक – १

साेच्थे कुनै बेला हामी सँगै हुन सक्छ
मायाका कथा थिए दामी सँगै हुन सक्छ
तिम्राे माया पाउँला भन्ने आश त छैन बस्
तिम्राे जन्ती मेराे मलामी सँगै हुन सक्छ।

मुक्तक – २

भन्दिन म मुटु देउ सास देउ
सकिन्छ त अलिकति विश्वास देउ
बाच्ने सम्भावना कम हुदैछ मेराे
त्यसैले भन्छु माया देउ जिउने आश देउ।

मुक्तक – ३

मनका बह कसैलाई कहन सक्दिन
भावनाकाे सागरमा हरपल बहन सक्दिन
म पनि त मान्छे हुँ मन दुखिहाल्छ हेर
त्यसैले मनमा पिडामात्र लिएर रहन सक्दिन।

मुक्तक – ४

जब खुसि मनबाट टाढा टाढा सर्दछ
हर्षले पनि पाहुनाझै अभिनय गर्दछ
साेचेकाे केही पनि कुरा पूरा हुन्न नि तब
म बाचेर केही गर्छु भन्ने अठाेट मर्दछ।।

✍ सुजन कडेल
– धादिङ, नेपाल।

(हामीलाई रचना पठाउने इमेल ठेगाना
[email protected])

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...