News Portal

मुजैनी कप अन्तर-नेपाली भलिबल प्रतियोगितको बिजेता आयोजक टीम

हिमालीसंचार संवाददाता
३२७ पटक

कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको पाँचौं वार्षिक उत्सवको अवसर पारेर आज २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन कुवेतको अबुहलिफा स्थित अल साहिल क्लबको कभर्ड हलमा आयोजना गरिएको अन्तर-नेपाली भलिबल प्रतियोगिताको ट्रफी आयोजक कल्याणकारी टिमले नै चुमेको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन रहेको “मुजैनी कप“ प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज भलिबल टिमलाइ कडा प्रतिस्पर्धामा पराजित गर्दै कल्याणकारी भलिबल टिमले प्रथम स्थान हासिल गरेको हो । त्यसै गरि तृतीय स्थानको लागि भएको खेलमा नमस्ते नेपाल भलिबल टिमले लाफा भलिबल टिमलाइ पराजित गरेको थियो भने प्रतियोगिता जम्मा ९ भलिबल टिमले सहभागिता जनाएका थिए।

भलिबल प्रतियोगिता नेपाली राजदूतावास कुवेतका श्रम सहचारी हेम अधिकारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा एवं प्रायोजकको विशेष आतिथ्यता एवं कुवेतस्थित संघ संस्थाका पदाधिकारी प्रतिनीधि, पत्रकार, खेलाडी, कलाकार एवं ख्रेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा विजेता तथा उपविजेता टिमहरूलाइ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमहरूलाइ क्रमशः नगद पुरस्कार १५१ केडि, १०१ केडि तथा ५१ केडिको साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रतियोगिताको उत्कृष्ट टिमको रूपमा लाफा भलिबल टिमलाइ, उत्कृष्ट खेलाडी राज कुमार, उत्कृष्ट स्पाइकर प्रकाश राउत, उत्कृष्ट ब्लकर नबिन भट्टराइ र उत्कृष्ट लिफ्टर प्रेम आलेलाइ ट्रफी प्रदान गरिएको थियो ।

कल्याणकारीले संस्थालाइ विभिन्न किसिमले सहयोग गरेको तथा कुवेतको नेपाली समाजमा योगदान पुर्याएको आधारमा नेपाली राजदूतावास, एनआरएनए कुवेत, प्रायोजक अल मुजैनी एक्सचेन्ज लगायतका संघ संस्था तथा व्यक्ति व्यक्तित्वहरूलाइ मायाको चिनो दिएर सम्मान गरेको थियो भने भलिबल खेलको विकासमा योगदान दिएका भेटेरन खेलाडीहरूलाइ सम्मान गर्नुका साथै कुवेत स्थित सबै मिडिया हाउसहरूलाइ प्रमाण-पत्रका सम्मान गरेको थियो । प्रतियोगिताको समापनको अवसरमा प्रायोजक अल मुजैनी एक्सचेन्जले खेलाडी, पत्रकार, कलाकार, दर्शकहरू समेत गरि ५० भन्दा बढि व्यक्ति व्यक्तित्वहरूलाइ मायाको चिनो समेत प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...