News Portal

  • मुजैनी कप अन्तर-नेपाली भलिबल प्रतियोगितको बिजेता आयोजक टीम

    हिमालीसंचार संवाददाता
    १८७ पटक

    कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको पाँचौं वार्षिक उत्सवको अवसर पारेर आज २३ सेप्टेम्बर २०२२ शुक्रबारका दिन कुवेतको अबुहलिफा स्थित अल साहिल क्लबको कभर्ड हलमा आयोजना गरिएको अन्तर-नेपाली भलिबल प्रतियोगिताको ट्रफी आयोजक कल्याणकारी टिमले नै चुमेको छ । अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजन रहेको “मुजैनी कप“ प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज भलिबल टिमलाइ कडा प्रतिस्पर्धामा पराजित गर्दै कल्याणकारी भलिबल टिमले प्रथम स्थान हासिल गरेको हो । त्यसै गरि तृतीय स्थानको लागि भएको खेलमा नमस्ते नेपाल भलिबल टिमले लाफा भलिबल टिमलाइ पराजित गरेको थियो भने प्रतियोगिता जम्मा ९ भलिबल टिमले सहभागिता जनाएका थिए।

    भलिबल प्रतियोगिता नेपाली राजदूतावास कुवेतका श्रम सहचारी हेम अधिकारीको प्रमुख आतिथ्यता, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा एवं प्रायोजकको विशेष आतिथ्यता एवं कुवेतस्थित संघ संस्थाका पदाधिकारी प्रतिनीधि, पत्रकार, खेलाडी, कलाकार एवं ख्रेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको समुपस्थितिमा विजेता तथा उपविजेता टिमहरूलाइ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको थियो ।

    प्रतियोगितामा प्रथम, द्वित्तिय र तृतीय हुने टिमहरूलाइ क्रमशः नगद पुरस्कार १५१ केडि, १०१ केडि तथा ५१ केडिको साथमा ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो भने प्रतियोगिताको उत्कृष्ट टिमको रूपमा लाफा भलिबल टिमलाइ, उत्कृष्ट खेलाडी राज कुमार, उत्कृष्ट स्पाइकर प्रकाश राउत, उत्कृष्ट ब्लकर नबिन भट्टराइ र उत्कृष्ट लिफ्टर प्रेम आलेलाइ ट्रफी प्रदान गरिएको थियो ।

    कल्याणकारीले संस्थालाइ विभिन्न किसिमले सहयोग गरेको तथा कुवेतको नेपाली समाजमा योगदान पुर्याएको आधारमा नेपाली राजदूतावास, एनआरएनए कुवेत, प्रायोजक अल मुजैनी एक्सचेन्ज लगायतका संघ संस्था तथा व्यक्ति व्यक्तित्वहरूलाइ मायाको चिनो दिएर सम्मान गरेको थियो भने भलिबल खेलको विकासमा योगदान दिएका भेटेरन खेलाडीहरूलाइ सम्मान गर्नुका साथै कुवेत स्थित सबै मिडिया हाउसहरूलाइ प्रमाण-पत्रका सम्मान गरेको थियो । प्रतियोगिताको समापनको अवसरमा प्रायोजक अल मुजैनी एक्सचेन्जले खेलाडी, पत्रकार, कलाकार, दर्शकहरू समेत गरि ५० भन्दा बढि व्यक्ति व्यक्तित्वहरूलाइ मायाको चिनो समेत प्रदान गरेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले...

    रवि लामिछाने नख्खु जेलमा सरुवा, पहिलो रात अन्य कैदीसहित बिताउनुपर्यो, ‘सिंगल रुम’ तर सुविधा सीमित

    काठमाडौं, भदौ १ – भैरहवा कारागारबाट नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछानेको पहिलो...

    विदेश जाने यात्रु कम्तीमा एक घण्टा अघि अध्यागमनमा उपस्थित हुनुपर्ने

    काठमाडौं, भदौ १ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुका लागि नयाँ व्यवस्था लागू गरिएको...

    गोङ्गबु गेस्ट हाउसमा पत्नीको हत्या गर्ने युवक पर्साबाट पक्राउ

    काठमाडौँ, भदौ १ – राजधानीको गोङ्गबुस्थित गेस्ट हाउसमा आफ्नै पत्नीको हत्या गरी फरार रहेका एक...