News Portal

दुबइमा एक नेपाली श्रमिकले जित्यो लक्की ड्रमा १ करोड युएइ दिराम

हिमालीसंचार संवाददाता
३३५ पटक

रामप्रसाद ढुंगेल/युएइ – दुबइमा एक नेपाली श्रमिकले लक्की ड्रमा युएइ दिराम १ करोड जितेको छ। रोजगारीका लागि तीन बर्षअधि युएइ पुगेका गुल्मिका ३१ बर्षीय भरत विश्वकर्माले लक्की ड्रमा युएइ दिराम १ करोड जितेका हुन्।

स्थानीय संचार संस्थाहरुले विशेष महत्वका साथ मुख्य पृष्टमा यो खबर छापेका छन्। दुबइका राष्ट्रिय दैनिक खालिज टाइम्सका अनुसार “महजुज ड्र” लक्की ड्र विजेता भरतले मासिक १ हजार ३ सय दिराम सेवा सुविधा प्राप्त गर्दै आएका थिए। एजेन्सीका अनुसार उनले युएइ दिराम १ करोड ( करिब ३४ करोड ६३ लाख नेपाली रुपैया)  जितेका हुन्। 

गुल्मिमा भरतका दुई सन्तान छन् । ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि उनी काम गर्नका लागि दुबइ आएका हुन। उनका बुबा भारतमा रोजगाी गर्छन् । चिठ्ठा जितेपछि उनले परिवारको बसोबासका निम्ति उक्त रकम खर्च गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...