News Portal

कल्याणकारी नेपाली युवा समाजले २३ सेप्टेम्बरमा भलिबल प्रतियोगिताको आयोजना गर्दै

हिमालीसंचार संवाददाता
३३४ पटक

कुवेत सिटी। “हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा क्रियाशिल सामाजिक संस्था कल्याणकारी नेपाली यूवा समाज कुवेतले यही २३ सेप्टेम्बर २०२२ शुक्रबारको दिन खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

कुबेतस्थित क्रियाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारी, पत्रकार, कलाकार, खेलाडीलगायत सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनको लागी सो कार्यक्रमका संयोजक नबराज पराजुलीले अनुरोध गरेकासमेत छन।

उक्त भलिबल प्रतियोगितामा सहभागिताको लागि आगामी २२ सेष्टेम्बर २०२२ बिहिबार साँझ ४ बजेदेखि ६ बजेसम्म माहबुलाको भलिबल ग्राउण्डमै टाइसिट हुने बताईएको छ। इच्छुक नेपाली टिमले २१ कुवेती दिनार टिम दर्ता शुल्क बुझाएर प्रतियोगितामा सहभागी हुन सकिने सो संस्थाले जानकारी दिएको छ।

सो खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा उक्त समाजको वार्षिकोत्सव कार्यक्रमलाई अल-मुजैनी एक्सचेंजको मुख्य प्रायोजकत्वमा आयोजना गरिएको छ।

          तपशिल:-

मिति – २३ सेप्टेम्बर २०२२ शुक्रबार।
स्थान – अबुहलिफा स्टेडियमम।
कार्यक्रम – वार्षिकोत्सव तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता।
आयोजक – कल्याणकारी नेपाली यूवा समाज, कुवेत।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...