News Portal

  • माओवादी छोडेर राप्रपा प्रवेश गरेपछि दाङका धर्मबहादुर सम्राट सिमेन्टबाट निकालिए

    हिमालीसंचार संवाददाता
    ८११ पटक

    भालुवाङ। दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ।

    लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा गाउँपालिका वडा नम्बर ७ बस्ने मजदुर धर्मबहादुर गुरूङलाई कामबाट निकालेका हुन्।

    माओवादी पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेकै कारण आफू कम्पनीबाट निकालिनु परेको गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    विगत १ वर्ष देखि सम्राट सिमेन्टमा कार्यरत रहदै आएको र एक हप्ताको ज्याला समेत आफुले नपाएको गुरूङले गुनासो गरेका छन्। पटक पटक कामको बाहाली र ज्याला माग गर्दा समेत आफ्नो माग सुनुवाई नभएको उनले बताएका छन्।

    अहिले काम गरेको पैसा माग्दा दिदैनौ भन्छन्, गुरूङले भने। मजदुर ऐन र संविधान विपरित रोजगारबाट बन्चित हुनु परेको हुँदा व्यवस्थापन समक्ष कामको बाहाली र ज्याला मागको सुनुवाई नभएको हुँदा आफुले अहिले मानअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी गुहार्नु परेको बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १२ गतेको राशिफल

    आज कार्तिक १२, २०८२ (अक्टोबर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...