News Portal

रुपन्देहीमा परपुरुषसँग यौन सम्बन्ध राख्ने श्रीमतीले गरिन श्रीमानको हत्या

हिमालीसंचार संवाददाता
४११ पटक

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन्। तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन्।

श्रीमतीको छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि पटक–पटक झगडा हुने गरेको थियो।

केही वर्ष अघि श्रीमानले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस पालेकी ग्रिजादेवीले बानियाँसँग ७ लाख ऋण सहयोगसमेत लिएकी थिइन्। जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...