News Portal

  • वामदेव च्याप्टर बन्द भएपछि टोलमा पिङ खेल्न पुगे प्रचण्ड

    ८५१ पटक

    ललितपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई उपचुनाव मार्फत् सांसद बनाउने रणनीतिका नेतृत्वकर्ता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब र तनाव थियो । तर, अन्तिममा प्रचण्ड र वामदेवको रणनीति सफल भएन ।

    अहिले वामदेवलाई सांसद बनाउने रणनीतिको ‘च्याप्टर क्लोज’ भएको छ । अब प्रचण्ड केही हलुका भएका छन् । च्याप्टर क्लोज भएपछि प्रचण्ड आफ्नै निवास नजिक ढोलाहिटीमा पिङ खेल्न पुगेका छन् ।

    अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले टोलबासीसँग दसैंको शुभकामना आदानप्रदान गरेका छन् । टोलबासीले बनाएको पिङ उद्घाटन गर्दै दाहालले गाउँको याद दिलाएको बताएका छन् ।

    प्रचण्ड निवासबाट करीब सय मिटर नजिकै कान्तिनगर टोलविकास समितिले घटस्थापनाका दिन पिङ हालेको थियो ।

    पिङ बनाएपछि त्यसमा ताल्चा लगाइँदा धेरै जना चकित भएका थिए । पिङमा ताला लगाउनुको कारण भने दाहालले उद्घाटनको पर्खाइ थियो । पिङ उद्घाटनपछि शनिबारदेखि सर्वसाधारणाका लागि खुला गरिएको हो । पिङमा एकछिन मच्चिएपछि उनले भने, ‘सहरमा पिङ खेल्दा गाउँको याद आयो ।’ पिङ संस्कृतिसँग जोडिएको र यसलाई जगेर्ना गरेको भन्दै दाहालले टोलवासीको प्रशंसा गरे ।

    स्थानीयको विकासप्रतिको उत्सुकता देखेर खुसी भएका दाहालले सडक, खानेपानीलगायत समस्या तुरुन्त समाधान गर्ने आश्वासन दिए । एउटै टोलमा बसे पनि नेता दाहाललाई नदेखेका स्थानीयले प्रत्यक्ष भेट्न पाउँदा खुसी भएका थिए । ढोलाहिटी बस्दै आएकी मनकुमारी राईले भनिन्, ‘प्रचण्ड त भर्खरको पो देखिँदा रै’छन् ।’

    कान्तिनगर टोल विकास समितिका अध्यक्ष लीलाराज वान्तवाले केही वर्षदेखि टोलबासीबीच सुमधुर सम्बन्ध कायम गर्न पिङ हालिँदै आएको बताए । यसै बहानामा पिङ खेल्दै दसैंको शुभकामना आदानप्रदान गर्ने गरेको उनले बताए । यो वर्ष विधिवत् रूपमा पिङको उद्घाटन भयो’, वान्तवाले खुसी व्यक्त गरे ।

    कार्यक्रममा उपस्थित १५ नम्बर वडाका अध्यक्ष सुदर्शन मिश्रले टोलबासीको संस्कृतिप्रतिको मोह लोभलाग्दो भएको बताए । उनले तिहारअघिसम्म चापागाउँ–ढोलाहिटी सडक कालोपत्रे गरिसक्ने योजना बनाइएको बताए । मिडियाडबली

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...