News Portal

नेपाल कुबेत सरोकार समाजकाे चौथो सांगितिक धमाकाकाे सम्पुर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
८०० पटक

कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिक २०२२ शुक्रबार सम्पन्न हुन गैरहेको चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजय दशमीको पावन अबसरमा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाललाई कुवेत ल्याउने भएका छन्।

प्रत्येक बर्ष सांगीतिक कार्यक्रम संगै नेपालमा सामाजिक काम पनि गर्दै आइरहेको समाजले यसअघी पनि नेपालको बहुचर्चित गायक अतिथी कलाकारहरु गायक डम्बर नेपाली, गायक बिजय लामा, गायिका सावित्री जोशी, गायिका ज्योति मगर, राजेश पायल राईको साथमा भब्य साङ्गीतिक कार्यक्रमहरु गरी सकेको छन। प्रमोद खरेल नेपाली आधुनिक तथा पार्श्व गायक हुन्।

उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन्। खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन्। सरगरमाथा म्युजिक अवार्ड २०७५ मा खरेलले सर्वोत्कृष्ट गायक विधाबाट अवार्ड प्राप्त गरेका छन्। उक्त दिन हुने सांगीतिक कार्यक्रमा कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ।

कार्यक्रमको विवरण:

मितिः सेप्टेम्बर ३० तारिक २०२२

 शुक्रबार स्थानः ईण्डियन सेन्टरल स्कुल, जिलिप

समयः बिहान ११ बजे

आयोजक : नेपाल कुवेत सरोकार

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...