News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ज्यानको बाजी थापेर पर्यटकलाई बचाउने शीरलाल भन्छन – नयाँ जीवन पाएँ !

    ८१८ पटक

    चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउन सफल भएका छन्।

    चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

    वन र वन्यजन्तुको संरक्षण सँगसँगै पर्यटकलाई निकुञ्ज घुमाएर वन्यजन्तु अवलोकन गराउनु उनको दशकौंदेखिको दैनिकी थियो। सौराहाको होटल पार्क साइडका सञ्चालक परियार चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि पथ प्रदर्शक समेत हुन्।

    गएको शुक्रबार निकुञ्जमा अष्ट्रेलियाका ११ जना पर्यटकलाई घुमाउन लैजाने क्रममा नसोचेको परिणाम भोग्नुपर्‍यो। एक्कासी भेटिएको बच्चासहितको गैंडाले पर्यटकलाई आक्रमण गर्न आयो। परियारले आफ्नो ज्यानको बाजी थापेर पर्यटकलाई सकुशल फिर्ता गरे। तर पर्यटकलाई जोगाउँदा आफू भने घाइते भएका  छन्।

    गैंडासँग कसरी बच्ने भन्ने कला उनीसँग थियो। यसपटक धेरै पर्यटक भएकाले उनीहरूलाई बचाउनकै लागि गैंडासँग सङ्घर्ष गर्नुपर्‍यो। काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत परियाले भने, ‘बच्चासहितको गैंडाबाट बच्न मुस्किल पर्छ, तर यसपालि पर्यटक बचाएर आफू पनि बाँच्न सफल भएँ, यो मेरो नयाँ जीवन हो।’

    बच्चा देखेपछि आक्रामक हुँदै गैंडा आयो। अब पर्यटकलाई मार्ने भयो भनेर उनले विभिन्न उपायसहित भूइँमा लठ्ठी बजारे। तर गैंडा रोकिएन। रुखमा छेलिएर गैंडालाई धपाउन लाग्दा आफैं झाडीमा अल्झिएर लडेपछि गैंडाले आक्रमण गरेको परियार सम्झन्छन्। गैंडाले उनको पिँडुल्ला टोकेर गम्भीर घाइते बनाएको छ।

    छातीमा हान्यो भने एकैचोटी ज्यान जान्छ भनेर एक्कासी घोप्टो परेपछि अरु दुई पथ प्रदर्शकको सहयोगमा गैंडाबाट बच्न सफल भएको उनको भनाइ छ। बच्चा सहितको कुनै पनि जनावर देखिएमा सतर्क हुनुपर्ने सुझाव पनि उनको छ। तिघ्रा पछाडि सिङले हानेको छ।

    चितवनको भरतपुर अस्पतालमा शल्यक्रिया गरिए पनि घाउमा सङ्क्रमण भएपछि उनलाई आइतबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ। सङ्क्रमण भएको सबै मासु निकालिएको र दुई दिनपछि पुनः शल्यक्रिया गर्ने तयारी गरिएको पत्नी सुशीला चौधरीले जानकारी दिइन्।

    चितवन राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट जनधनको क्षति हुने गरेको छ। गैंडा, बाघ, चितुवा, भालु, हात्तीले बढी आक्रमण गर्छ। रासस

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...