News Portal

‘वैज्ञानिक समाजवादको रोडम्याप’ पुस्तक बजारमा

माक्सबादी अध्यता तथा चिन्तक-लेखक द्वय लेखक श्रेष्ठ र सुनुवारले सम्पादन गरेका हुन्।

हिमालीसंचार संवाददाता
३७१ पटक

काठमाडौं ​- माक्र्सबादी दर्शनका अध्यता तथा चिन्तक रमेश सुनुवारद्वारा लिखित “वैज्ञानिक समाजबादको रोडम्याप”  बजारमा आएको छ। लेखक “रमेश सुनुवार र राजकुमार श्रेष्ठ” द्वारा सम्पादित गरिएको वैज्ञानिक समाजबादको विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजनालाई अगाडि सारिएको “वैज्ञानिक समाजवादको रोडम्याप” नामक पुस्तक साईन्स सोसाईटी मार्फत बजारमा ल्याएका हुन्।

सन् १९९१ मा सोभियत संघको विघटन भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा ठुलो संकट देखिएको थियो । त्यसपछि विश्वभरी त्यसको समाधान खोज्ने प्रयत्नहरु भए । नेपालमा पनि त्यस्ता प्रयत्नहरु धेरै भए । ती प्रयत्नहरुमध्ये एउटा प्रयास थियो – ‘माक्र्सवाद अध्ययन–अनुसन्धान प्रतिष्ठान’ को स्थापना । यो प्रतिष्ठान अन्तर्र्गत चार विषयहरुमा व्यापक अध्ययन – अनुसन्धान भएको थियो ।

ती विषयहरु थिए – दर्शन, विज्ञान, इतिहास र माक्र्सवाद । ती अध्ययन–अनुसन्धान गरिएका विषयहरुमा लामो समयसम्म विभिन्न कक्षाहरु पनि संचालन गरिएको थियो । ती अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्य र निष्कर्षहरु तथा कक्षाहरुमा सहभागीहरुले तयार पारेको नोटहरुको आधारमा यो पुस्तक तयार गरिएको हो। यो पुस्तकले समाजवादको यात्रामा विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना प्रष्ट ढंङ्गले अगाडि सारिएको छ।  

त्यसकारण बर्तमान समाजवाद निर्माणका लागि समाजबादी आन्दोलनको उपलब्धि र निस्कर्ष खोजिरहेका नेपालका कम्युनिष्ट तथा बामपंथीहरुका लागि यो पुस्तक धेरै महत्वपुर्ण हुने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...