News Portal

मोबाइलमा एमडीएमएस, विदेशबाट ल्याएको दर्ता गर्नुपर्ने

हिमालीसंचार संवाददाता
७०१ पटक

काठमाडौँ। विदेशबाट आफन्तलाई ल्याइदिएको मोबाइल अब मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नुपर्ने भएको छ। भदौ ३० गतेसम्म भित्रिएका मोबाइल स्वत: दर्ता हुने र त्यसपछिका मोबाइल एमडीएमएस प्रणालीमा दर्ता गर्नुपर्ने भएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित गर्न एमडीएमएस लागू गरेको जनाएको छ।

चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणबाट एमडीएमएस प्रणाली लागू गरिएको हो।

‘भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेट लगायत मोबाइल एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ, ‘भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए/नभएको एकीन गरी मात्र खरिद गर्न अनुरोध छ।’

आजदेखि एमडीएमएस प्रणाली लागू, भदौ ३० पछि दर्ता नभएका मोबाइल नचल्ने

प्राधिकरणले मोबाइल आयातकर्ता तथा बिक्रेताहरुलाई मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्रीवितरण गर्न सूचित गरेको छ। २ वर्षअघि नै प्राधिकरणले एमडीएमएस लागू गर्ने तयारी गरेको थियो। तर ठेक्का पाएको कम्पनीले यसका लागि आवश्यक उपकरणको व्यवस्था गर्न नसक्दा लागू हुनसकेको थिएन।

सरकारले चालू आवको बजेटमा मोबाइलमा कर बढाउने भएपछि व्यवसायीहरुले पहिले एमडीएमएस लागू गर्न माग गरेका थिए। मोबाइल आयातकर्ताहरुका अनुसार नेपालमा ४० प्रतिशतसम्म चोरी तथा अवैध मोबाइल आउने गरेका छन्। एमडीएमएस लागू भएसँगै यो रोकिने विश्वास गरिएको छ।

दर्ता भए नभएका मोबाइल यसरी पत्ता लगाउने
प्राधिकरणको https://mdms.nta.gov.np वेबसाइटमार्फत दर्ता भए/नभएको चेक गर्न सकिन्छ। मोबाइलको किप्याडमा गई (*#०६#) डायल गरेपछि उक्त उपकरणको आईएमईआई नम्बर पत्ता लगाउन सकिन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडीएमएस प्रणाली लागू गरेको छ। अवैध रुपमा राज्यमा भित्रिने मोबाइलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन एमडीएमएसको भूमिका रहन्छ।

हराएका तथा चोरी भएका मोबाइलहरुको खोजी कार्यमा सहयोग गर्छ। साथै त्यस्ता मोबाइलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले विदेशबाट आफन्तको लागि ल्याएका मोबाइल एमडीएमएस प्रणालीमै दर्ता गर्न सकिने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...