News Portal

जापानका लागि उडेको निगमको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्कियो

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं – जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा १ सय ८४ यात्रु रहेको विमानको सामान राख्ने कम्पार्टमेन्टबाट धुवाँ देखिएपछि विमान काठमाडौं फर्किएको छ ।

जापानको नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको विमान आधा घण्टामा पुन: काठमाडौं फर्किएको हो । निगमका एक अधिकारीका अनुसार ककपिटमा समस्या देखिदा विमान नेपालको आकासमै उडीरहेको हुदा चालकदलले जहाज काठमाडौं नै फर्काएका हुन्। 

निगमका जहाज चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमका अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो ।

निगमका प्राविधिक टोवीले उक्त जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई बुधबार बिहान नौ बजे त्यही जहाज मार्फत जापानको नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयले जानकारी दिए ।

जापानमा २ सय ४६ जना यात्रु रहेका छन्। जापानबाट फर्केपछि दक्षिण सुडान उड्ने कार्यतालिका रहेको छ। काठमाडौ-जापान ७ घण्टा उडान समय लाग्छ। तर, यस घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयले कुनै जानकारी नरहेको जनाएका छन्। 

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...