News Portal

‘सुदन किराती प्रधानमन्त्री बन्नुहुन्छ’ प्रचण्ड

लाखौं–करोडौं मान्छेको बीचमा पनि एक्लो महसुस हुन्छ : प्रचण्ड

हिमालीसंचार संवाददाता
५३१ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किराती प्रधानमन्त्री बन्न सक्ने बताए। अध्यक्ष प्रचण्डले युवा नेता किराती जनप्रिय युवा नेता भएको बताउदै अब प्रधानमन्त्री बन्न सक्ने बताएका हुन्। 

गत मंगलबार राजधानीस्थित मण्डला थिएटरमा युवा नेता किरातीद्वारा लिखिति पुस्तक ‘पल पलको मृत्यु’ लोकार्पण गर्दै प्रचण्डले भने, ‘उहाँ (सुदन किराती) प्रधानमन्त्री बन्नुहुन्छ ।’ प्रचण्डले नेता किराती मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति नै बन्नसक्ने बताए । उनले भने, ‘राजनीतिमा मन्त्री, राष्ट्रपति अब सुदनको निम्ति ठूलो कुरा रहेन । राष्ट्रपति पनि हुने नजिकै छ ।’ साथमा उनले जनयुद्धकालीन नेता किरातीको योगदानको सम्मान समेत गरेका छन् ।

युवा नेता किरातीले पुस्तक लेखेकोमा नेता किरातीलाई अध्यक्ष प्रचण्डले शुभकामना दिए । अध्यक्ष प्रचण्ले ‘सुदन किराती लोकप्रिय युवा नेता हुनुहुन्छ । उहाँले एतिहासिक रचनाहरू ल्याउने जमर्को गर्नुभएको छ। वहा सफलताको सिँढी चढ्दै हुनुहुन्छ, शुभकामना छ! अध्यक्ष प्रचण्डले जनयुद्धका बास्तविकता अभिलेखिकरण गरेका लेखक किरातीलाई आभार प्रकट समेत गरे। णनले भने; ‘यो पुस्तक निक्कै राम्रो बनेको छ।’

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...