News Portal

मोरङ रंगेलीका आदर्श माध्यमिक विधालयले अनावश्यक शुल्क अशुल गर्दै

हिमालीसंचार संवाददाता
२८९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नं. ७ स्थित आदर्श माध्यमिक बिधालयले आफ्ना बिधार्थीहरु संग विभिन्न बहनामा बिधालयले अनावश्यक शुल्क अशुल गरिरहेको छ।

नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालयमा पठनपाठन गर्ने बिधार्थीहरुका लागि कक्षा १ देखि १२ सम्म निशुल्क शिक्षा दिने भनिएको छ। तर, मोरङको रंगेली स्थित रहेको आदर्श माध्यमिक बिधालयले नीजि बिधालयले जस्तो अनावश्यक शुल्क अशुल गरिरहेको छ। 

उक्त बिधालयमा कक्षा ६ देखि १० सम्मका बिधार्थीहरु संग मासिक रुपमा ५० रुपैयाँको दरले बार्षिक ७ सय रुपैयाँ परिक्षाको समयमा एक मुष्ट लिने गरेको छ । उक्त बिधालयले गत भाद्र २१ गतेको सहयोग रसिद भन्दै नगद २ सय ५० रुपैयाँ अनावश्यक शुल्क अशुल गरेको हो । बिगतका दिनहरुमा माध्यमिक कक्षा संचालनका लागि समस्या परेको समयमा शिक्षक राख्नका लागि बिधार्थीको सहयोगमा बिधालय संचालन हुदै आएको थियो ।

उक्त विधालयमा १ बर्षदेखि उक्त बिधालयमा शिक्षकको माग अनुसार पदपूर्ति भएता पनि अहिलेसम्म पनि विधालयले अनावश्यक शुल्क उठाउन छाडेका छैन ।  नगरपालिकाको शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डितसंग बिधार्थीहरु संग रकम लिएको बिषयमा हिमालीसंचारडटकमले जानकारी लिदा उनले भने बिधालयले परीक्षाको समयमा बिधार्थी संग कुनै पनि बहानामा शुल्क नलिन निर्देशन दिएको बताए । अभिभावकहरुको निर्णय भएको हुनाले सहयोग स्वरुप लिएको हुन सक्ने शिक्षा शाखा प्रमुख पंडितले बताए ।  

बिधालयका प्रधानध्यापक अर्विन मंण्डलसंग रकम अशुलका विषयमा प्रतिक्रिया लिदा बिधालयमा आएर कुरा गरौ भन्ने अनाधिकृत प्रतिक्रिया दिए। मोरङ रंगेली नगरका आदर्श माध्यमिक बिधालयले कक्षा ६ देखि १० सम्मका ३ सय २८ जना बिधार्थी संग यसरी रकम असुली गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...