News Portal

यूएईमा बागलुङका दीलबहादुरले गरे आफ्नै साथिको हत्या

ढकालको बाग्लुङ निसीखोला गाउँपालिका वडा नं. ६ निसीका दिलबहादुर बुढाले धारिलो छुरी प्रहार गर्दा उनको मृत्यु भएको हो।

हिमालीसंचार संवाददाता
५९४ पटक

भाद्र २५, २०७९ शनिबार
रामप्रसाद ढुंगेल/युएइ – रोजगारीका सिलसिलामा युएइको दुबई पुगेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीले छुरी प्रहार गरी हत्या गरेका छन्।

युएइको अबुधाबी अलदाफ्रास्थित एएमबि हेरटेल एलएलसी कम्पनीमा कार्यरत ढकालको बाग्लुङ निसीखोला गाउँपालिका वडा नं. ६ निसीका दिलबहादुर बुढाले धारिलो छुरी प्रहार गर्दा उनको मृत्यु भएको हो।

गत सेप्टेम्बर २ को राती बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको युएइको अबुधाबीस्थित नेपाली राजदूताबासले जनाएको छ।

उनीहरु बिच सामान्य विवाद भएको थियो। उनी सुत्न गएका समयमा वाथरुम छेउमा बसिरहेका बुढाले ढकालको छातीमा धारिलो छुरा प्रहार गरेको उनका दाजु बसन्त ढकालले बताए।

घटना भएको करिब ४५ मिनेटपछि प्रहरी घटनास्थल पुगेका थिए। गम्भीर घाईते भएका ढकाललाई एम्बुलेन्समा अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको हो। छुरा प्रहार गर्ने बुढालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...