News Portal

यूएईमा बागलुङका दीलबहादुरले गरे आफ्नै साथिको हत्या

ढकालको बाग्लुङ निसीखोला गाउँपालिका वडा नं. ६ निसीका दिलबहादुर बुढाले धारिलो छुरी प्रहार गर्दा उनको मृत्यु भएको हो।

हिमालीसंचार संवाददाता
६४० पटक

भाद्र २५, २०७९ शनिबार
रामप्रसाद ढुंगेल/युएइ – रोजगारीका सिलसिलामा युएइको दुबई पुगेका खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीले छुरी प्रहार गरी हत्या गरेका छन्।

युएइको अबुधाबी अलदाफ्रास्थित एएमबि हेरटेल एलएलसी कम्पनीमा कार्यरत ढकालको बाग्लुङ निसीखोला गाउँपालिका वडा नं. ६ निसीका दिलबहादुर बुढाले धारिलो छुरी प्रहार गर्दा उनको मृत्यु भएको हो।

गत सेप्टेम्बर २ को राती बुढाले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका ढकालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको युएइको अबुधाबीस्थित नेपाली राजदूताबासले जनाएको छ।

उनीहरु बिच सामान्य विवाद भएको थियो। उनी सुत्न गएका समयमा वाथरुम छेउमा बसिरहेका बुढाले ढकालको छातीमा धारिलो छुरा प्रहार गरेको उनका दाजु बसन्त ढकालले बताए।

घटना भएको करिब ४५ मिनेटपछि प्रहरी घटनास्थल पुगेका थिए। गम्भीर घाईते भएका ढकाललाई एम्बुलेन्समा अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको हो। छुरा प्रहार गर्ने बुढालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...