News Portal

अभिनेता शाहलाई अढाई बर्ष कैद सजाय र १० लाख क्षतिपूर्ति दिनुपर्ने अदालतको आदेश

हिमालीसंचार संवाददाता
४३२ पटक

नवलपरासी – नाबालिका बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय सहित १० लाख क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ।

आज जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अभिनेता शाहलाई उक्त फैसला सुनाएको हो। अभिनेता शाहका पक्षबाट ६ जना अधिवक्ताले बहस गरेका थिए। मुलुकी अपराध संहिता २०७४ अनुसार शाहले बाल यौन दुरुपयोग गरेको ठहर गरे।

बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन्। अभिनेता शाह निर्दोष भएको दाबी गर्दै उनका पक्षबाट बहस गरेका अधिवक्ताले किशोरीले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको बयान दिएकाले उनलाई थुनामा राख्न नहुने जिकिर गरेका थिए।

अभिनेता शाहलाई बलात्कार गरेको अभियोग लगाएकी किशोरीले अदालतसमक्ष बयान फेरेकी थिइन्। उनले बलात्कार नगरेको भन्दै बयानसमेत फेरेकी थिइन्। त्यही बयानलाई आधार मानेरअदालतले शाहले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो।

यता जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए। जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो। तनहुँमा करणी हुँदा उनी १६ वर्ष मात्र रहेको जाहेरीमा उल्लेख थियो।

तनहुँमा जाहेरी दर्ता भएपछि फागुन १५ गते शाह प्रहरीको सम्पर्कमा आएका थिए। किशोरीले फागुन १६ गते पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन्। प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो। उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ। अभिनेता शाहविरुद्ध चैत ८ गते सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान गरिएको थियो। जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटेका थिए।

पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध अभिनेता पल शाह पक्षका कानून व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए। पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा मागसमेत गरिएको थियो। तर अधिवक्ताहरुले फैसला त्रुटिपूर्ण भएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...