News Portal

सिम्ता गाऊँपालिकाको ३ नम्बर वडा अध्यक्षको राजीनामा, वडा कार्यलयमा तालाबन्दी !

हिमालीसंचार संवाददाता
९९२ पटक

२१ भाद्र २०७९, मंगलवार 
सुर्खेत। पुर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर ३ को वडा कार्यालयमा आग्रिगाउँका स्थानियले आज मंगलवार ताला लगाएका छन्। आज केही स्थानिय नागरिकहरुले वडा अध्यक्ष लोक बहादुर शाहीको राजीनामा माग गर्दै वडा कार्यालयमा ताला लगाएका हुन्।

वडा अध्यक्ष शाहीले आफ्नै भाई बुहारी नाता पर्ने महिलासंग नाजायज कुरा गरेको गोप्य अडियो सार्वजनीक भएपछी स्थानिय अगुवा र महिलाका आफन्तहरुले वडा कार्यालयमा ताला लगाएका हुन।

यता वडा अध्यक्ष शाहीले भने, “म आज वडा कार्यालयमा गएको छैन, काम बिशेषले बाहिर छु कार्यबाहाक वडा अध्यक्षलाई जिम्मेवारी दिएको छु”। “वडा कार्यालयमा राजीनामा माग गर्दै तालाबन्दी गरेको भन्ने जानकारी पाएको छु” मिडियासंग उनले कुराकानी गर्दै भने।

केही दिन पहिला पनी वडा अध्यक्ष शाही र सोही स्थानकी एक दलित महिला विच फोनमा भएको गोप्य कुराकानी सामाजिक सञ्जालमा सार्वजनीक भएको थियो, त्यस पश्चात स्थानिय अगुवा तथा सरोकारवालाहरुले सामाजिक सञ्जालमार्फत वडा अध्यक्ष शाहीले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

शाही गत बैशाखको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष बिजयी भएका हुन। सिम्ता गाऊँपालिकामा अध्यक्ष र उपाध्यक्ष पनी नेकपा एमालेबाटै बिजयी भएका छन्।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...