News Portal

नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतको २०औ प्रस्तुति तथा हरितालिका तीज भब्य रुपमा सम्पन्न

हिमालीसंचार संवाददाता
५१८ पटक

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गरेको २० औ प्रस्तुति तथा हरितालिका तीज सेप्टेम्बर २ तारिख २०२२ शुक्रबारको दिन कुवेतस्थित जिलिपको इन्डियन सेन्ट्रल स्कुल हलमा भव्यताका साथ सम्पन्न भयो।

कार्यक्रम  सुरुवात १ बजेबाट भनेपनि कार्यक्रम २ बजेबाट औपचारिकरुपमा कार्यक्रम सुरु भएको थियो। नेपाली समुदायबाट हुने हरेक कार्यक्रम ढिलाे नै शुरु हुन्छ। अझै पनि समयको महत्व बुझ्न सकेका छैनौं। कार्यक्रम संचालन प्रसाद तिमल्सिना तथा भुवन सुवेदीले गरेका थिए।

नेपाल कुवेत साँस्कृतिक मञ्चकोअध्यक्ष गोविन्द बरालकाे सभापतित्वमा र नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय गान तथा दीप प्रज्वलन गरी कार्यक्रम शुरुवात गरिएको थियो।

कार्यक्रममा उपस्थिति सबैजनालाई टीकाराम आचार्यले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए। कुवेतमा प्रायजसो भइरहने हरेक कार्यक्रममा राजदूतको मात्र उपस्तिथि देखिन्थ्यो भने, यसपालिको हरितालिका तीजमा भने दूतावासका अन्य कर्मचारीहरु पनि उपस्थिति थिए।

नेपाल कुवेत साँस्कृतिक मञ्चको २०औ प्रस्तुति तथा हरितालिका तीजकाे अवसरमा शुभकामना मन्तब्य दिनेहरुमा नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, नेपाली दुताबास कुवेतका दितिय सचिव जानकी ओझा, नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका सल्लाहकार आनन्द आचार्य, गैरआवासीय नेपाली संघको कुवेतका अध्यक्ष रनध्वज लामा, नेपाल कुवेत साँस्कृतिक मञ्चको संरक्षक सुजन के सी, जजीरा एयरलाइन्स प्रतिनिधि, अल मुल्ला एक्सचेञ्जका प्रतिनिधिले शुभकामना दिएका थिए।

कार्यक्रमको सुरुवातमा नै नेपालबाट आएकी गायिका देबि घर्ती मगरले आफ्नो प्रस्तुतीबाट कार्यक्रम हलमा उपस्थिति सबैलाई भरपुर मनोरञ्जन दिईकी थिईन। काेरोना पछिकाे पहिलो सांगीतिक कार्यक्रम भएको हुनाले हलमा उपस्थिति सबैले मनोरञ्जन लिई नाचिरहेका थिए भने, कार्यक्रम अवधिभर देबी घर्तीमगर तथा स्थानीय कलाकारले उपस्थित दर्शक सबैलाई भरपुर मनोरञ्जन दिएका थिए।

कार्यक्रमको मुख्य प्रायोजक अल मुल्ला एक्सचेन्ज थियोे भने आधिकारिक एयरलाइन प्रायोजक- जजीरा एयरवेज थियाे।पशुपति कार्गो कुवेतले उपस्थित दर्शकलाई पानी र जुस बाँडेका थिए भने युना फेन्सी स्टोर कुवेत र आयस फेसन लेडिस गार्मेनले महिला दिदिबहिनीहरुलाई साडी बाँडेका थिए। कल्याणकारी युवा समाज कुवेतले पानीको व्यवस्था गरेको थियो।

नेपाल कुवेत साँस्कृतिक मञ्चले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान पनि गरेको थियोे। सम्मान पाउनेमा अल मुल्ला एक्सचेन्ज, जजीरा एयरवेज, लोकदोहोरी गायिका देबी घर्ती मगर, नेपाल कुवेत साँस्कृतिक मञ्चकाे संस्थापक संरक्षक सुजन के सी, राम तामाङलाई सम्मान गरेका थिए। ब्यानर सहयोग भने दुर्गा ढकाले गरेका थिए। कार्यक्रमको अन्त्यसम्म स्थानीय कलाकार तथा नेपालबाट आएकी गायिका देबि घर्ती मगरले भरपुर मनोरञ्जन दिईरहेका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...