News Portal

  • भरतपुर महानगरपालिकामा विद्युत् लाइन भूमिगत, प्रचण्ड र धिसिङले गरे शिलान्यास

    हिमालीसंचार संवाददाता
    १८३ पटक

    भरतपुर – नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकमा विद्युत वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज एक कार्यक्रमको आयोजन गरी  संयुक्त शिलान्यास गरेका छन्।

    पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुर महानगरको मुख्य सहरी क्षेत्रहरुमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भोल्टको ७० किलोमिटर लाइनलाई भूमिगत गर्ने कार्य योजना रहेको साथै २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरुको क्षमता बढाउदै नयाँ थप्ने योजना रहेको छ ।

    विद्युत् प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ । यसै कार्यक्रमलाई कास्कीको पोखरा र भरतपुर महानगरमा वितरण केन्द्र अन्तर्गत पर्ने मुख्य सहरी क्षेत्रमा विस्तार गरेको हो। विद्युत् शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले विद्युतीय संरचना भूमिगत गर्ने कार्यले स्मार्ट र सुन्दर भरतपुर स्थापनाको लक्ष्यलाई पूरा गर्न सहयोग पुग्ने बताए । तार भूमिगत गर्ने कार्य जनताको सुरक्षा र सहरी क्षेत्रको सौन्दर्यसँग जोडिएकोले यसलाई सफल बनाउन सबै लाग्नु पर्नेमा उनले जोड थियो। 

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यतालाई बढाएर स्मार्ट शहरका रुपमा विकास गर्न सहयोग पुग्ने बताए । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित, भरपर्दो हुने र यसले सहरी सौन्दर्यता कायम राख्नसमेत मद्दत पुग्ने बताए ।

    विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने उनले उल्लेख गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो ।

    आयोजनाको निर्माणका लागि असोज २०७८ टाटा प्रोजेक्ट लि. भारतसँग १ करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यसमध्ये भरतपुरमा क्षेत्रको कामका लागि ७९ लाख ८ हजार डलर र २२ करोड २३ लाख रुपैयाँ खर्च हुने छ । ठेक्का सम्झौता माघ २०७८ कार्यान्वयनमा आएको थियो । आयोजनाको काम दुई वर्षभित्रमा सक्ने लक्ष्य रहेको छ। 

    प्रतिकृया दिनुहोस्

    जलेश्वरका प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन...

    १८ वर्षपछि सडक कालोपत्र

    म्याग्दी। जिल्लाको मालिका गाउँपालिका– ६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ। नयाँपत्रिकाका...

    मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने

    विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका...

    सोल्टी एक्स्प्रेस मर्टको मुख्य प्रायोजनमा १० मे मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेत- आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट “सोल्टि एक्स्प्रेस...

    इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण

    एजेन्सी। हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal