News Portal

किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ भाद्र १७ गते प्रदान गर्दै

हिमालीसंचार संवाददाता
३३१ पटक

काठमाडौं – किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ यहि भाद्र १७ गते शुक्रबार वितरण गरिने भएको छ। किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’का लागि प्रारम्भिक सूचीमा सात वटा कृति छनौट गरेको थियो। सात वटा कृति मध्य राजकुमार दिक्पालद्वारा लिखित “आदिबासी बिद्रोहको ईतिहास” र विप्लव ढकालद्वारा लिखित “भोजपुरको बाङमय” यी कृति पुरस्कृत हुने भएको हो।

एकेडेमीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा गणेश अधिकारीको उपन्यास ‘डायरीमा रामप्रसाद राई’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, डीपी ढकालको ‘समाजवाद र नेपाल’ तथा केवल बिनाबीको कवितासंग्रह ‘यादहरूको संग्रहालय’, राजकुमार दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’, रमेशप्रसाद भट्टराईको ‘आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण’ र रामराज रेग्मीको ‘नेपालको इतिहास एक मार्क्सवादी अध्ययन’  लगायदका कृतिहरु छनौट गरिएको थियो।

कोरोना महामारीको कारण स्थगित भएको कार्यक्रम यो बर्षदेखि निरन्तरता दिन लागेको हो। एकेडेलीले समाजका सबैखाले विभेदबाट उन्मुक्ति, सामाजिक न्याय तथा अग्रगामी बैचारिक आधार सर्त र उदेश्यहरुको निर्धार्ण मापदण्द राखिएको छ। मापदण्ड र उदेश्यअनुसारको ईतिहास, संस्कृति, राजनीति, अध्यायन, अनुसन्धान तथा कला/साहित्य आदि सबैलाई हेरेर कृतिलाई पुरस्कृत गर्ने एकेडेमीको अभियानअनुसार यसपटक एकेडेमिले प्राप्त समकालीन कृतिहरुमध्य एकेडेमिले यसपालीको तेस्रो सृङखलामा यी दुई कृतिहरुलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनौट समितिका सदस्य आशकुमार राईले हिमालीसंचारडटकमसंग बताए।

किरात एकेडेमी सन् २०११ मा स्थापना भएको हो। यसअघि यो पुरस्कार युग पाठकको ‘उर्गेनको घोडा’ र झलक सुवेदीको ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा’लाई प्रदान गरिएको थियो। तर, कोभिड-१९ महामारी र उद्देश्य अनुकूलका कृति अभावमा पुरस्कार केही वर्ष स्थगित भएको समेत सदस्य राईले बताए । प्रारम्भिक सूचीमा परेका कृतिबाटै पुरस्कारका लागि छनोट गरिएको सदस्य राईले बताए । पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ। 

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...