News Portal

क्रोएसिया पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने पक्राउ

हिमालीसंचार संवाददाता
३५१ पटक

११ भाद्र २०७९, शनिबार
काठमाडौँ। नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया पुग्नका लागि प्रतिव्यक्ति सात लाख लाग्छ र तलब १ लाख हुन्छ भनी विभिन्न व्यक्तिसँग २ लाख रकम लिएर सम्पर्कविहिन भएका देवानलाई काठमाडौँको कागेश्वर मनोहराबाट पक्राउ गरिएको जानकारी दिए।

वैदेशिक रोजगार विभागले ठगी गरी फरार देवानलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका देवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको सूचना अधिकृत रेग्मीले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...