News Portal

बैङ्किङ कसुर अभियोगमा लिखु तामाकोशीका खड्का पक्राउ

हिमालीसंचार संवाददाता
२८६ पटक

पुष्कर खड्का/रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीका कृष्णवहादुर खड्कालाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले रामेछापले दिएको जानकारी अनुसार दोलखा जिल्ला मेलुङ गाउँपालिकाको २ घर भई हाल जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. १ मन्थली बस्ने सुजुकी कार्कीको जाहेरी अनुसार खड्कालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार खड्का विरुद्ध परेको मुद्धामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट १५ साउनमा पक्रउ पूर्जि जारी भएको थियो । पक्राउ पूर्जि जारीभए लगतै खड्का फरार भएका थिए। फरार भएको खड्कालाई खोजतलाश गर्ने क्रममा बिषेश सुचनाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा मन्थली नगरपालिका वडा नं. १ सानिमदौबाट पक्राउ गरीएको हो ।

पक्राउ परेका अभियुक्त खड्कालाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि ७ दिन म्याद थप गरी थुनामा राख्न अनुसन्धान अघी बढाइएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...