News Portal

बैङ्किङ कसुर अभियोगमा लिखु तामाकोशीका खड्का पक्राउ

हिमालीसंचार संवाददाता
२५४ पटक

पुष्कर खड्का/रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीका कृष्णवहादुर खड्कालाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले रामेछापले दिएको जानकारी अनुसार दोलखा जिल्ला मेलुङ गाउँपालिकाको २ घर भई हाल जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. १ मन्थली बस्ने सुजुकी कार्कीको जाहेरी अनुसार खड्कालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार खड्का विरुद्ध परेको मुद्धामा सम्मानित उच्च अदालत पाटन ललितपुरबाट १५ साउनमा पक्रउ पूर्जि जारी भएको थियो । पक्राउ पूर्जि जारीभए लगतै खड्का फरार भएका थिए। फरार भएको खड्कालाई खोजतलाश गर्ने क्रममा बिषेश सुचनाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा मन्थली नगरपालिका वडा नं. १ सानिमदौबाट पक्राउ गरीएको हो ।

पक्राउ परेका अभियुक्त खड्कालाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि ७ दिन म्याद थप गरी थुनामा राख्न अनुसन्धान अघी बढाइएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...