News Portal

  • कुवेतमा नेपालीको बिकृती, आमाबाबू नेपालमा बच्चा कुवेतमै अलपत्र

    हिमालीसंचार संवाददाता
    ४२१ पटक

    कुवेत –  रोजगारिको सिलसिलामा लगभग ६५/७० हजार नेपाली कामदारहरु कुवेतमा कार्यरत छन। रोजगारिकै लागि लगभग एक दशक पहिले एक जना फलानो नेपालको पश्चिम तिरबाट र अर्कि एकजना फलानी नेपालको पुर्वतिरबाट आएकाहरुको एक आपासमा भेट हुन्छ उनिहरु दुवै जनाको आ-आफ्नो परिवार छन।

    परिवारलाई नै सुखमा राख्ने, आफ्ना बच्चाहरुका च्यातिएका कपडा फेर्ने उदेश्यले कुवेत आइपुगेका उनिहरुबीच माया पिरेम साटासाट हुन थाल्छ।

    दुवै जना घर परिवार बालै फरर भनेर आफू कार्यरत कम्पनी/स्पोन्सर छोडेर इल्लिगल भएर संगै बस्न थाल्छन। त्यतिबेला उनिहरुलाइ लाग्यो होला त्यो पाएपछी सबै कुरा पूरा हुन्छ। तर के हुन्थ्यो त्यो पाए पनि अन्य समस्याहरु त जस्ताको त्यस्तै हुन्छ। उनिहरुको पनि त्यस्तै भयो।

    मोया पिरती जति पुरानो हुँदै गयो पेटको बच्चाले पनि संसार हेर्न हतार गरिरहेको थियो। नभन्दै एक दिन ती फलानो जोडिको मोया पिरतिको चिनो स्वरुप प्लुत्त बच्चा जन्मियो। कुवेतमा विवाह दर्ताको प्रमाणपत्र लिएर हस्पिटलमा जन्माएको बच्चालाई मात्र लिगल अर्थात ती बाबूआमाको बच्चा मान्यता पाउँछ। तर ती फलानो जोडि त इल्लिगल थिए। आ-आफ्नो घर परिवार पनि छन।

    उनिहरु संग विवाह दर्ताको प्रमाणपत्र पनि छैन। भनेपछी बच्चा त सिधै इल्लिगल हुने भयो। दुख पाल्दै थिए। बच्चाले पनि तीन बर्ष पुगि सकेछ।

    कु-कार्यको फल एक न एक दिन पर्दाफास हुन्छ नै ! एक दिन कामबाट फर्केर कोठा आउँदै गर्दा आमा बाबा दुवै जनालाई अवैधानिक हैसियतले रहेको आरोपमा कुवेत पुलिसले पक्राउ गरि देश निकाला गरेर नेपाल पठाउँछ। बच्चा यता बिचल्लित हुन्छ।

    कथा यहिँ सकिँदैन। अब ती बच्चालाइ नेपाल पठाउन भनेर एनआरएनए कुवेत र नेपाली दूतावासले पहल गर्‍यो। बच्चा र आमा बाउ बनेर नेपाल लैजाने सबैको ट्राभल डकुमेन्ट बनाइ दिइयो। ट्राभल डकुमेन्ट भएपछी पुलिसले नसमात्ने भएपछि ती डुब्लिकेट बाबूले मदिरा सम्बन्धी काम गर्न सुरु गरे, जुन कुवेतमा अवैधानिक ठहर्छ।

    यसको सजाय स्वरुप देश निकाला गरिन्छ। अवैधानिक मदिरा सम्बन्धी काम गर्दा निक्कै राम्रो आम्दानी भैरहेको भएर उनिहरु नेपाल जाने भनेर दूतावासले बोलाउँदा गएनन। अन्तत ट्राभल डकुमेन्टको म्याद सकियो। त्यसपछी उनिहरु नेपालबाट सञ्चालित यु ट्युब च्यानल युवा मन नेपालमा म पिडित हुँ मलाइ जसरी भए पनि उद्दार गर्नु। मलाइ एनआरएनए दूतावास र कुनै संघ संस्थाले हेरेनन उद्दार गरेनन भन्दै भिडियोमा प्रस्तुत भए। उक्त भिडियो रातारत भाइरल भयो। यु ट्युबरले पनि त्यसको भित्री पाटो अध्यान नगरी भिडियो सार्बजनिक गर्‍यो।

    पछि यस्तो भिड्यो आइसकेपछी एनआरएनएले युट्युबरसंग कुराकानी गरि भित्री पाटो बुझाउँदा अहिले ती बच्चा नेपाल पठाउन लाग्ने लागत त्यही युत्युब च्यानलले बेहोर्ने भएको छ। र बच्चा नेपाल पठाउन आवस्यक प्रक्रिया अघि बढी सकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...