News Portal

मोरङको सिक्टि नाकाबाट प्रहरीले दुइ जना युवालाई हतियार सहित पक्राउ ग-यो

हिमालीसंचार संवाददाता
३२५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकाको सिक्टि नाकाबाट सशस्त्र प्रहरी विओपी सिक्टीले चाईनिज हत्यार सहित दुई जना युवालाई पक्राउ गरेको छ।

मोरङ जिल्लाको सुनवर्सी नगरपालिका वडा नं.८ खरेबारी स्थित भारतबाट नेपाल आउदै गरेको को २७ प ४०६ पल्सर मोटरसाइकल चेकजाच गर्ने क्रममा सुनवर्सी वडा नं. ८ हर्चनगढी बस्ने २८ बर्षीय आरिफ आलमको साथबाट १ थान चाइनिज पेस्तोल सहित नवराज खड्काको कमाण्डमा खटिएको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

त्यस्तै, प्रहरीको गस्ति टोलीले उर्लाबारी नगरपालिका वडा नं. ६ तरुण चोक बस्ने २९ बर्षीय नविन धिमाल र आरिफको साथबाट A47 म्याग्जिन १ थान, 13RF7.05 एमएम राउण्ड १ थान, सिक्सर पेस्तोल १ थान, सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राईको कमाण्डको सादा पोशाकमा खटिएको टोलीले बरामत गरेका छन्।

धिमालले प्रयोग गरेको एफजेट मोटरसाइकल नम्बर को २२ प ६७०७ चेकजाच गर्दा ४७ हजार ७ सय ७० रुपैया र अबैध हतियार सहित रतुवामाई नगरपालिका वडा नं. ८ दामा भिट्टाबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् । 

प्रतिकृया दिनुहोस्

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...