News Portal

जब कांग्रेस नेता प्रकाशमान सिंह १०२ वर्षीया रामदेवीलाई भेट्न पुगे..

हिमाली संचार संवाददाता
९३२ पटक

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १०२ वर्षे रामदेवी श्रेष्ठलाई शनिबार भेटेका छन् । दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आएको आमा घरमा बस्दै आएकी रामदेवीले यसअघि अनलाइनखबरसँगको कुराकानीमा प्रकाशमान आफूलाई भेट्न नआएको गुनासो गरेकी थिइन् ।

‘अनलाइनखबर डटकममा रामदेवीबारे प्रकाशित सामग्री पढेपछि म भेट्न आएँ,’ प्रकाशमानको भनाइ उद्धृत गर्दै उनका सहयोगी यूपी लामिछानेले भने, ‘एकअर्कालाई भेटेर दुवै जना निकै खुसी हुनुभयो ।’

प्रकाशमान हर्लिक्स र फलफूल बोकेर रामदेवीलाई भेट्न गएका थिए । त्यसक्रममा सन्चो बिसन्चो र आफन्तबारे कुराकानी भएको थियो । रामदेवीले प्रकाशमानको परिवार र मावलीबारे पनि सोधखोज गरेकी थिइन् । ‘त्यो क्षण निकै रमाइलो भयो । पुराना कुराहरु भए । आफन्तबारे पनि कुराकानी भयो,’ यूपीले भने ।

आफूलाई राजा महेन्द्रको सवारी चालक दाबी गर्ने रामदेवी कुलीन घरमा हुर्किएकी थिइन् तर हाल उनी आमा घरको आश्रयमा बस्दै आएकी छन् ।

काठमाडौं क्षेत्रनम्बर १ का सांसद समेत रहेका प्रकाशमानले आमा घरकी सञ्चालिका दिलशोभासँग पनि भेटेका थिए । दिलशोभाले टेलिभिजनको असुविधाबारे जानकारी गराएकी थिइन् । एनालग बिस्थापित गरेर डिजिटलमा गएपछि प्रत्येक टेलिभिजनलाई सेटअप बक्स अनिवार्य गरिँदा आमा घरमा आश्रय लिइरहेका सबैलाई टेलिभिजन हेर्ने व्यवस्था मिलाउन नसकेको दिलशोभाको भनाइ थियो ।

प्रकाशमानले टेलिभिजनको सुविधाको व्यवस्था आफूले मिलाइदिने बचनसमेत दिएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...