News Portal

जब कांग्रेस नेता प्रकाशमान सिंह १०२ वर्षीया रामदेवीलाई भेट्न पुगे..

हिमाली संचार संवाददाता
८९३ पटक

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १०२ वर्षे रामदेवी श्रेष्ठलाई शनिबार भेटेका छन् । दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आएको आमा घरमा बस्दै आएकी रामदेवीले यसअघि अनलाइनखबरसँगको कुराकानीमा प्रकाशमान आफूलाई भेट्न नआएको गुनासो गरेकी थिइन् ।

‘अनलाइनखबर डटकममा रामदेवीबारे प्रकाशित सामग्री पढेपछि म भेट्न आएँ,’ प्रकाशमानको भनाइ उद्धृत गर्दै उनका सहयोगी यूपी लामिछानेले भने, ‘एकअर्कालाई भेटेर दुवै जना निकै खुसी हुनुभयो ।’

प्रकाशमान हर्लिक्स र फलफूल बोकेर रामदेवीलाई भेट्न गएका थिए । त्यसक्रममा सन्चो बिसन्चो र आफन्तबारे कुराकानी भएको थियो । रामदेवीले प्रकाशमानको परिवार र मावलीबारे पनि सोधखोज गरेकी थिइन् । ‘त्यो क्षण निकै रमाइलो भयो । पुराना कुराहरु भए । आफन्तबारे पनि कुराकानी भयो,’ यूपीले भने ।

आफूलाई राजा महेन्द्रको सवारी चालक दाबी गर्ने रामदेवी कुलीन घरमा हुर्किएकी थिइन् तर हाल उनी आमा घरको आश्रयमा बस्दै आएकी छन् ।

काठमाडौं क्षेत्रनम्बर १ का सांसद समेत रहेका प्रकाशमानले आमा घरकी सञ्चालिका दिलशोभासँग पनि भेटेका थिए । दिलशोभाले टेलिभिजनको असुविधाबारे जानकारी गराएकी थिइन् । एनालग बिस्थापित गरेर डिजिटलमा गएपछि प्रत्येक टेलिभिजनलाई सेटअप बक्स अनिवार्य गरिँदा आमा घरमा आश्रय लिइरहेका सबैलाई टेलिभिजन हेर्ने व्यवस्था मिलाउन नसकेको दिलशोभाको भनाइ थियो ।

प्रकाशमानले टेलिभिजनको सुविधाको व्यवस्था आफूले मिलाइदिने बचनसमेत दिएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...