
पुष्कर खड्का -रामेछापमा चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छन्।जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा बिहिवार अपरान्ह ४ बजेतिर परेकाे चट्याङ लाग्दा स्थानीय ३३ वर्षीय लालमाँया भुजेल गम्भीर घाइते भएकी हुन्।
गम्भीर घाइते भएकी भुजेललाई उपचारको लागि सदरमुकाम मन्थली ल्याउने तयारी भैरहेको स्थानीयले जानकारी दिएका छन्।स्थानीयले दिएको जानकारी अनुसार अन्य ४ जना स्थानीयहरु पनि सामान्य घाइते भएका छन्।उनिहरुको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
