News Portal

एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान

हिमाली संचार संवाददाता
७४० पटक

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

डिआईजी बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्यायलाई आईजीपी खनालले फूली गराइदिए ।

सोही अवसरमा खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने अपेक्षा व्यक्त गरे ।

उनले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पूरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन पनि दिएका छन् ।

इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै खनालले दसैं तिहार जस्ता चाडपर्वमा अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि त्रुटी नआउने गरी काम गर्न पनि निर्देशन दिए ।

आफ्नो क्षमता प्रदर्शन गर्दै आफ्नै खुट्टामा उभिनेका लागि संगठन सदैव साथमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको नीति विपरित काम गर्ने कर्मचारी तत्काल सजायको भागिदार हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...