News Portal

प्रधानमन्त्री देउवाद्वारा काठमाडौँको फोहोर व्यवस्थापनका लागि मेयर शाहका माग सम्बोधन

हिमालीसंचार संवाददाता
२८६ पटक

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनका लागि आफूसँग राखेका दुवै महत्त्वपूर्ण माग तत्काल पूरा गरेका छन्।

प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका क्रममा कसैले कुनै प्रकारको अवरोध नगरोस् भन्नेमा ढुक्क पार्न तत्काल प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्देशन पनि दिएका छन्।

काठमाडौँ महानगरपालिकामा मेयर शाहले मंगलबार साँझ प्रधानमन्त्री देउवासँग भेटी आफ्ना दुई चासो सुनाएका थिए।

उनको पहिलो चासो थियो- फोहोर व्यवस्थापनमा अवरोध पुर्‍याउने ठूला दलनिकट केही व्यक्तिहरुबिरुद्ध किटानी जाहेरी परिसकेकाले उनीहरुलाई तत्काल पक्राउ गरियोस् !

उनको दोस्रो चासो थियो- स्थानीयबासीहरुसँग भएको सम्झौताअनुरुप सडक निर्माणमा सरकारले तत्काल कदम चालोस्।

प्रधानमन्त्री देउवाले तत्काल प्रहरी महानिरीक्षक सिंहलाई फोन गरी मेयर शाहले भनेअनुसार किटानी जाहेरी परेका व्यक्तिहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

त्यस्तै, प्रधानमन्त्री देउवाले तत्काल भौतिक पूर्वाधार सचिवलाई समेत त्यहाँबाट नै फोन गरेर सहमतिबमोजिम सडक निर्माण तत्काल थाल्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री देउवाले फोहोर विसर्जनमा कुनै प्रकारको पनि अवरोध नआ‌ओस् भनी आइजी सिंहलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले मेयर शाहका माग तत्काल सम्बोधन गरेका थिए।

फोहोर फ्याँक्ने स्थल  बञ्चरेडाँडाका स्थानीयले अवरोध गर्दा काठमाडौँ महानगरपालिकाको फोहोर उठ्न सकेको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...