News Portal

युएइमा २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न (फोटो फिचर)

हिमालीसंचार संवाददाता
६१५ पटक

युएइ – २८ औ अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा संयुक्त राष्ट्र संघले तोकेको “आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ युएईको नेतृत्वमा २८ औ अन्तराष्ट्रीय विश्व आदिवासी दिवस एक भव्य कार्यक्रम आयोजना गरी युएइको दुबइ शहरस्थित क्लब एभरेस्टको हलमा भव्य सम्पन्न गरिएको छ। 

नेपाल आदिवासी जनाजाती महासंघ युएइको आयोजनमा गत आइतबार २८ औं विश्व आदिवासी दिवस भव्य सम्पन गरेको हो। आयोजित कार्यक्रमको सभापति नेफिन युएइ अध्यक्ष बिजया लक्ष्मी राई र प्रमुख अतिथि नेपाली राजदूतावास अबुधाबीका राजदुत कृष्णप्रसाद ढकालले दिप प्रज्वलन गरी राष्ट्रिय गीत बजाएर संयुक्त रुपमा कार्यक्रम उद्धाटन गरिएको थियो ।

आयोजित कार्यक्रमका विशेष अतिथि नियोग उप-प्रमुख विशाल भट्टराई, श्रम कन्सुलर सही दिन बन्दु सुबेदी,  द्वितिय सचिव भुवन ओझा, नेपाल आदिवासी जनजाति महासंघ, प्रवास अन्तराष्ट्रीय समन्वय तदर्थ समितिका संयोजक पासाङ शेर्पा, नेपाली समाज युएइका अध्यक्ष गोविन्द ढकालज, अन्तराष्ट्रिय नेपाली समाज युएइका अध्यक्ष बाबुराम लोप्चनज, प्रवासी नेपाली मंच युएइका अध्यक्ष टक बहादुर गुरुङ, एनआरएनए, मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ युएइ च्याप्टरका अध्यक्ष लक्ष्मण खनाल रहेका थिए। 

प्रमुख प्रायोजक पिपल ट्राभल्स, सह-प्रायोजक माछापुच्छ्रे रेमिट, आईएमई, फिस्टेल ट्राभल्स, इन्फिनिटी फ्लावर्स, बर्नडिता ब्युटीकेयर, कंचनजंघा रेस्टुरेन्ट, आवद्ध मातृ संस्थाहरु, वाईफिन युएई,फोनिज युएइ, वैचारिक संगठनका प्रमुखहरु, जिल्ला संस्थाका प्रमुखहरु, नेपाल आदिवासी जनजाति कलाकार महासंघ युएईका कलाकारहरुको उपस्थिति रहेको थियो। 

आयोजित कार्यक्रमका संयोजक डम्बर लिम्बुले स्वागत मन्तव्य राखेका थिए।त्यस्तै, आयोजित कार्यक्रममा स्टल अबलोकन गरिदै मौलिक झाँकी प्रस्तुत समेत गरिएको थियो। उत्कृष्ट स्टल सम्मान साथै मायाको चिनो जातीय सस्थाहरुको २ जनालाई प्रमुख अतिथि राजदुत ढकालद्वारा प्रदान गरिएको थियो। 

कोरोना महामारीको समयमा युएइमा समस्यामा परेका नेपाली समुदायका  उद्धार र सहयोग गरेका पासाङ शेर्पा, टंक थापा मगर, अमन थापा मगर,  सुनिता थापा मगर, श्मनोज कुमार श्रेष्ठ र गोपाल श्रेष्ठलाई कोभिड हिरो एवाड २०२२ द्वारा सम्मान गरिएको थियो। प्रयोजकहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो। एस्पो २०२० दुबइ नेपाली प्याबिलेंसद्वारा नेफिन युएइ कलाकारहरुलाई सम्मान गरिएको थियो। 

कार्यक्रममा विशेष अतिथि राजदुतका नियोग उप-प्रमुख विशाल भट्टराई, नेपाली समाज युएईका अध्यक्ष गोविन्द, प्रवासी नेपाली मंच युएईका अध्यक्ष टकबहादुर गुरुङ, नेफिन प्रवास अन्तराष्ट्रीय समन्वय तदर्थ समिति संयोजक पासाङ शेर्पा र प्रमुख अतिथि राजदुत कृष्णप्रसाद ढकालले आफ्नो धारणा राखेका थिए। 

आयोजित कार्यक्रममा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए। त्यस्तै, कार्यक्रममा युवा पुस्तालाई प्रोत्साहन स्वरुप मिस आदिवासी र मिस्टर आदिवासी प्रतियोगिता समेत भएको थियो। उक्त प्रतियोगितामा थारु कल्याणकारीणी सभा युएई प्रतियोगी नम्बर ९ मिस्टर २०२२ केशव महतो बिजयी भएका थिए। किरात राई यायोक्खा शाखा युएईको प्रतियोगि नम्बर ४ की  सिमा राई विजयी भएकी थिइन्। त्यस्तै,  फोनिज युएई पुनगठनको घोषणा  समेत गरिएको थियो

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...