News Portal

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) निलहरी बास्तोला समुहका प्रतिबद्धता

हिमालीसंचार संवाददाता
४६८ पटक
२९, २०७९ साउन

काठमाडौं – साउन ३० गते हुने टानको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा निलहरी बाँस्तोलाको समुह चुनावी मैदानमा उत्रिएको छ। टान व्यवसायमैत्री नभएको गुनासो बढिरहेको सन्दर्भमा टानलाई वास्तविक व्यवसायीको संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने एजेण्डा सहित बास्तोलाको समूह चुनावी मैदानमा उत्रिएको छ ।

अध्यक्षका अब्बल उम्मेद्वार बाँस्तोलाले आफू नेतृत्वमा पुगेको खण्डमा पर्वतीय पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने बताउदै आएका छन। लामो समयदेखि पर्यटन व्यवसायमा लागेका बास्तोला टानको २३ औ निर्वाचनबाट द्धितीय उपाध्यक्षमा निर्वाचित भएका थिए।

यस अघिको कार्यकालमा द्धितीय उपाध्यक्षका रुपमा काम गर्दै आएका बास्तोला २४ औँ निर्वाचनको संघारमा आइपुग्दा अध्यक्षका प्रत्यासी बनेका छन। बास्तोलाले उपाध्यक्षमा रहेका आफुले लिएको अनुभव अध्यक्ष बनेर व्यवसायीको हकहित र टानलाई व्यवसायीमुखी बनाउने लक्ष्य लिएर चुनावी मैदानमा उत्रिएका छन।

दुई वर्षको कार्यकालमा टानको उपाध्यक्ष बसेर काम गरेको अनुभव र पर्वतीय पर्यटनमा २७ वर्ष काम गरेको अनुभवलाई टेकिङ व्यवसायीहरुको हीतमा लगाउन चाहेको बास्तोलाको भनाइ संगै २० बुदाको प्रतिबद्धताहरु प्रस्तुत गरेको छ।

ब्यवासायिहरुको ईज्ज, ब्यवासायिहरुको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै बास्तोलाले अहिलेसम्म व्यवसायीहरुले टान खोज्नुपर्ने अवस्थाको अन्त्य गर्दै टानले व्यवसायी खोज्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए।

अध्यक्षका उम्मेद्वार बाँस्तोलाले पूर्वअध्यक्षहरुले छाडेको अनुभव र योजनालाई साकार पार्ने पनि प्रविद्धता व्यक्त गरे। बास्तोला समुहलाई गठबन्धन समुहको रूपमा पनि चिनाएकोछ नेकपा एकीकृत समाजबादी पार्टीलाई उपाध्यक्ष, कोषअध्यक्ष र २ वाट सद्स्य गरि जम्मा ४ जानलाई उम्मेदवार यो समुहबाट दिएको छन कुरामात्र होइन। व्यवसायीहको हक हितमा काम गरेरै देखाउने बास्तोलाले उदघोष गरेका छन। बास्तोलाले भने हामी घोषणापत्र लामो बनाउदैनौं। पुरा नहुने काम गर्छु भन्दैनौं।

हालसम्मको सर्वेक्षण अनुसार बास्तोला समुह सबैका लोकप्रिय उम्मेदवार देखिएका छन। अधिकांश पर्यटन व्यवसायीहरुले बास्तोला समुहलाई समर्थन जनाएका छन जसका कारण टानको नयाँ नेतृत्व बास्तोलाको पक्षमा देखिने अनुमान लगाइएको छ सम्मान हिलहरि बास्तोला नेतृत्वमा हामीले चाहेको टान!! भन्ने नारा बस्तोला समुहको छ।

निलहरी बास्तोला समुहको उम्मेदवारहरु
अध्यक्षमा निलहरी बास्तोला, वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा (बाबू), कोषाध्यक्ष पुरुषोतम तिमल्सिना, सह कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा, सचिबमा होमनाथ भट्टराई, सदस्यमा गणेश बहादुर अधिकारी, कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा, सजना त्रिपाठि, हेम कार्की, सुबास भण्डारी, राजु अर्याल र राम प्रसाद बन्जारा उम्मेदवार बनेका छन।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...