News Portal

कबिता “म को हुँ”

हिमालीसंचार संवाददाता
४०२ पटक
२८, २०७९ साउन

– तपिकुमार सिंह ठकुरी

लाभा जस्तै छु ज्वालामुखिको
प्रचण्ड छु गृष्म झैं
पातलो छु धार झैं तलबारको
तिख्खो छु तिर जस्तै धनुषबाणको
रातो छु फलाम भन्दा अंगारको
खै किन ?
म सक्दिन् सुन्न चिच्हाट
सोसित स्वरहरु
म सक्दिन हेर्न ती
आकासे छत झुपडाहरु
ठालु भनौदाहरुको
अक्कड ह्रासको लब्ज
म देखि किन सहन सक्दिन…
देख्दा..
पाईला मेट्ने परिबृद्दि
बलेको आगो ताप्नेदेखि
आलो पोत्न खोज्नेदेखि
आफ्नै गोरुको बाह्र टक्के शीत
कान नछामेर काग लगारने सित
अस्त्र बन्न मन लाग्छ
ब्रम्हा जस्तो
चिर्को बनु जस्तो लाग्छ
जेठमासे बेकाबु मौसम जस्तो
भुडी बादका थाप्लेहरुमा
बज्र भएर बज्रिन मन लाग्छ।।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...