News Portal

प्रवासी नेपाली मञ्च कुवेतकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार थापा

हिमालीसंचार संवाददाता
३६९ पटक

कुवेत /प्रवासि नेपाली मञ्च कुवेतको तेस्रो अधिवेशन सेफ नाैसाद रेस्टुरेन्ट फरवानियाकाे कुवेतमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता राजकुमार थापाले गरेका थिए भने प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद विशिष्ट थिए। भर्चुअलबाट बिशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङ्ग, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सचिव रमेश पाण्डे, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि पचारप्रसार बिभाग प्रमुख प्रभु थापा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सल्लाहाकार परिषद अध्यक्ष सन्जय थापा, प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सदस्य तथा मध्यपुर्व इन्चार्ज चानक पोख्रेल, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटि अध्यक्ष कमल गुरागाही, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटि सचिव सालिकराम पन्त, प्रवासी नेपाली मञ्च मध्यपुर्व कमिटि सचिवालय सदस्य झबिन्द्र प्रसाद बन्जाडे , प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि सदस्य तिर्थ गैातमले विशेष अतिथ्यता थिए।

कार्यक्रममा गैर आवसिय नेपाली संघ मध्यपुर्व उपसँयोजक अमित चाम्लिङ राई, गैर आवसिय नेपाली संघ कुवेतका अध्यक्ष, रणध्वज लामा तथा बिभिन्न पार्टिका भातृ सँङ्गठनका नेता, नेपाल पत्रकार माहासंघ कुवेत बिभिन्न सँघ सँस्थाका प्रतिनिधिको उपस्थिति रहेकाे थियाे। कार्यक्रम संचालन शंकर पोखरेल पैाडेलले गरेका थिए भने कार्यक्रममा उपस्थिति सबैलाई प्रेम कटुवालले स्वागत मन्तव्य दिएका थिए।

जनसंपर्क समितिका सभापति राजेन्द्र विरहीले आफ्नो नेताले भनेका सबै भनाईमा ताली मात्र बजाएर हुँदैन त्यसलाई खण्डन पनि गर्नु पर्दछ ताकि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो पनि भनु पर्दछ आफनो भनाई राखे। घुमाउरो पारामा सभापति विरहीले पूरानो साथीहरु देखिएन भनेर नेकपा एकीकृत समाजवादीका कुनैपनि प्रतिनिधिलाई नदेखेपछि याे कुरा राखे।नेपाली दुतावास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारी नेपालीहरुले काम गरिरहेको कम्पनीमा इमानदारीपूर्वक काम गर्न र कुवेतको नियम कानुनलाई कुवेतको नियम कानुनलाई सम्मान गर्दै हरेक समस्याको समाधान तर्फ लागेका छौं भनेर भनुभयाे।प्रमुख बक्ता बिदेश बिभाग प्रमुख डा. राजन भट्टराइले प्रदेशबाट नेपालको राजनैतिक भुमिका उच्च रहने बताउदै आगामी सँसदिय चुनाव केन्द्रित भुमिका निभाउन अनुरोध गरे। त्यस्तै कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिबाट निम्न बक्ताहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो।सालिकराम पन्त -बहराइन चानक ,पोख्रेल-कतार, तिर्थ गैातम- इजरायल भक्त गुरुङ्ग -बेलायत शुुुुभकामना दिए।

प्रवासी नेपाली मञ्च कुवेतको तेस्रो राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत र्निवाचित पदाधिकारी तथा सदस्यकाे यस यसप्रकार छ

सल्लाहाकार

शिव कोइराला
रवि बन्जाडे
अमृत गुरुङ्ग
प्रेम कटवाल
सुन ब. तामाङ्ग
राजु कार्कि
सन्तोष गुरुङ्ग
अक्कल मायाँ सुनुवार
डोल्ला तामाङ्ग
उत्तम थापा
भक्त प्रवासि

नयाँ कार्यसमिति

राजकुमार थापा = अध्यक्ष
अमृता बान्तोवा = उपाध्यक्ष
रुपेन बिक्रम हमाल =उपाध्यक्ष
शंकर पैाडेल = सचिव
बिदुर कार्कि =सहसचिव
तक बहादुर खड्का = सहसचिव
हेमन्त नगरकोटि =कोषाअध्यक्ष
गुलाम नवि मँन्सुर =सदस्य
चुडाराज भट्टराई =सदस्य
मनोज ढकाल =सदस्य
सन्त लम्साल =सदस्य
सन्दिप सर्मा=सदस्य
भुमिराज खनाल=सदस्य
नानुराज बराल=सदस्य
कमल ढकाल=सदस्य
भुपेन्द्र सारु मगर=सदस्य
कृष्ण घिमिरे=सदस्य
रतन गोरि=सदस्य
देवि परियार =सदस्य
बबिता बराईली=सदस्य
युवराज ढकाल=सदस्य
छबिलाल लामिछाने=सदस्य
गम.ब रोकाया=सदस्य
महमद आलमगिर अन्सारी=सदस्य
सिम्रन मोक्तान=सदस्य

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...