News Portal

कुवेतमा जुलाई महिनामा मात्रै ४ जना नेपालीले ज्यान गुमाए

हिमालीसंचार संवाददाता
३९८ पटक

कुवेत सिटी। कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन। रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ।

यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११ मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९ मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा सोलुखुम्बुकी सेङ्ग्री ल्हमु शेर्पा र जुलाई २५ मा नवलपरासीका उमाशंकर चौधरी थारु रहेका छन।

बिस्ट र कुँवरको हृदयघातका कारण चौधरीको ब्रेंनह्याम्रेजका कारण मृत्यु भएको हो भने, शेर्पाले झुण्डिएर आत्महत्या गरेको दुताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले हिमालीसंचारलाई जानकारी दिए।

आत्महत्या गरेकी शेर्पा त कुवेत आएको लगभग डेढ महिना मात्रै भएको थियो। उनले आत्महत्या गर्नु अघि सामाजिक संजाल टिकटकमा रुदै आफुलाई कुवेत पठाउने एजेन्टले समास्यामा पारेको भन्दै आफ्ना पिडा सार्वजनिक गरेको भिडियो क्लिप सार्वजनिक भएको थियो। उनको आत्महत्यापश्चात सबैलाई गम्भीर बनाएको छ।

शेर्पा त एक उदाहरण मात्रै हुन बैदेशिक रोजगारीमा आउने धेरै नेपालीहरुले पनि यस्तै समस्या झेलिरहेकाछन भने, ज्यान पनि गुमाई रहेकाछन तसर्थ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ। हरेक वर्षको आकडा हेर्ने हो भने कुवेतमा आत्महत्या गर्ने, हृदय घातका कारण र सडक दुर्घटना परि ज्यान गुमाउने नेपालीहरुको संख्या अत्याधिक मात्रामा बढ्दो छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...