News Portal

कुवेतमा जुलाई महिनामा मात्रै ४ जना नेपालीले ज्यान गुमाए

हिमालीसंचार संवाददाता
४५२ पटक

कुवेत सिटी। कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन। रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली राजदुतावासले जनाएको छ।

यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११ मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९ मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा सोलुखुम्बुकी सेङ्ग्री ल्हमु शेर्पा र जुलाई २५ मा नवलपरासीका उमाशंकर चौधरी थारु रहेका छन।

बिस्ट र कुँवरको हृदयघातका कारण चौधरीको ब्रेंनह्याम्रेजका कारण मृत्यु भएको हो भने, शेर्पाले झुण्डिएर आत्महत्या गरेको दुताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले हिमालीसंचारलाई जानकारी दिए।

आत्महत्या गरेकी शेर्पा त कुवेत आएको लगभग डेढ महिना मात्रै भएको थियो। उनले आत्महत्या गर्नु अघि सामाजिक संजाल टिकटकमा रुदै आफुलाई कुवेत पठाउने एजेन्टले समास्यामा पारेको भन्दै आफ्ना पिडा सार्वजनिक गरेको भिडियो क्लिप सार्वजनिक भएको थियो। उनको आत्महत्यापश्चात सबैलाई गम्भीर बनाएको छ।

शेर्पा त एक उदाहरण मात्रै हुन बैदेशिक रोजगारीमा आउने धेरै नेपालीहरुले पनि यस्तै समस्या झेलिरहेकाछन भने, ज्यान पनि गुमाई रहेकाछन तसर्थ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ। हरेक वर्षको आकडा हेर्ने हो भने कुवेतमा आत्महत्या गर्ने, हृदय घातका कारण र सडक दुर्घटना परि ज्यान गुमाउने नेपालीहरुको संख्या अत्याधिक मात्रामा बढ्दो छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...