News Portal

बझाङको भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

हिमालीसंचार संवाददाता
३२० पटक

बझाङ। बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ।

पुल निर्माण भएपनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ। करिब ४ वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन्।

सडक कटानपछि वर्षैपिच्छे पुल अगाडि पहिराले क्षति गरेर जाने बाटो नभएकाले स्थानीयले पुल उपयोग गर्न नपाएको स्थानीय खडक विष्टले बताए। पुल सञ्चालनमा ल्याउनुभन्दा पनि पुललाई स्थान्तरण गर्नुपर्ने स्थानीयको माग छ।

उक्त पुल स्थान्तरण भएमा भण्डारका स्थानीयलाई सहजरुपमा अन्य वडा तथा सदरमुकाममा जान र अन्य वडाका स्थानीयलाई भण्डार क्षेत्रमा आउन सहज हुने जनाइएको छ।

जयपृथ्वी नगरपालिका–३ पडेससँग प्रत्यक्ष सम्बन्ध भएको भण्डारका स्थानीयलाई उक्त पुल स्थान्तरण गरेमा सहज हुने देखिन्छ।

जोखिम मोलेर खोला तर्दा दिनहुँ आफूहरुलाई समस्या हुने गरेको र धेरै वर्षा भएर खोला बढेको दिनमासमेत विद्यालय छुट्ने गरेको पाण्डु माध्यमिक विद्यालय पडेसमा कक्षा १० मा अध्यनरत छात्र विजय विष्टले बताए। उनले भने, “भण्डार गाउँबाट हामी करिब ४० जना पढ्नका लागि खोला तरेर जान्छौँ। बर्खाको दुई, तीन महिना त हामीलाई साह्रै अप्ठ्यारो हुन्छ।”

त्यस्तै सोही विद्यालयमा अध्ययनरत छात्रा समिता थापाले भनिन, “खोला तर्दा पोशाक, झोला, कापी, किताब सबै भिज्छन् अनि विद्यालय जानुभन्दा घरमै बस्छौँ।

छोराछोरी विद्यालयबाट घर नफर्केसम्म बाटो हेरेर बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। बिहान विद्यालय जानेबेला र बेलुका विद्यालयबाट आउने बेलामा खोला तार्न एक जनाले दैनिक जानुपर्ने बाध्यता रहेको स्थानीय उकेश विष्टले बताउनुभयो।

वडाध्यक्ष डम्बरबहादुर सिंहले आफूलाई त्यो विषयमा स्थानीयले कुनै कुरा नगरेको र आफूलाई जानकारी नभएको जानकारी दिए। स्थानीयले आफूकहाँ माग लिएर आए उक्त विषयमा छलफल गरिनेसमेत उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...