News Portal

कुवेतमा उदयपुरका दुर्गाबहादुर खड्का ३ महिनादेखी सम्पर्कबिहीन

हिमालीसंचार संवाददाता
७७९ पटक

कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा गत अप्रिलमा कुवेत आएका दुर्गाबहादुर खड्का अहिलेसम्म सम्पर्क बिहिन भएका छन। पासपोर्ट नम्बर ०९१३९८१२ (09139812) उदयपुर घर भएका दुर्गाबहादुर खड्का गत अप्रिल २५ तारिख २०२२ मा कुवेत आएका थिए।

कुवेत आएको दोस्रो दिनमा २६ तारिख सम्बन्धित कम्पनीमा खड्काले डीउटी शुरु गरेका थिए भने २८ अप्रिलबाट उनी सम्पर्क बिहिन भएको सितल ठाकुरले जानकारी दिएका छन। खड्काले ३ महिना बित्दासमेत पनि परिवार, ईस्टमित्र आफन्त कसैलाई पनि सम्पर्क गरेका छैनन्।

दुर्गाबहादुर खड्का सम्पर्क बिहिन भएको र खोजीको लागि दुतावासलाई जानकारी आएदेखि निरन्तर पहल गरेको भएपनि उनको बारेमा अहिलसम्म केहि खुल्न नसकेको नेपाली दुतावास कुवेतले जनाएको छ।

गत अप्रिलमा रोयल ओभरसिजमार्फत कुवेत आएका दुर्गाबहादुर खड्का सम्पर्क बिहिन भएपछी परिवार चिन्तामा परेका छन।

खड्कालाई सम्पर्कमा आउँन आग्रह गर्दै कुवेतमा कार्यरत दाजुभाई दीदीबहिनीहरुले कहिँ कतै देखेमा वा, उनको अबस्थाको बारेमा जानकारी भएमा कुवेतमा शितल ठाकुर ६९०३६४०९ र नेपालमा गुरु बहादुर खड्का ९८१५०५३००८ र सुबास खड्का ९८५१०९११९ सम्पर्क गरिदिनुहुन् ठाकुरले आग्रह गरेका छन।

आखिर के कारण उनी सम्पर्क बिहिन भए ३ महिना बित्दासमेत अझै केहि खुल्न सकेको छैन।

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...