News Portal

  • यूएईमा २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस मनाईदै

    हिमालीसंचार संवाददाता
    ३२७ पटक

    युएइ – आदिबासी जनजाति महासंघ युएइले २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ।

    नेपाल आदिवासी जनजाति महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण दुई वर्षको अन्तरालपछि यो वर्ष २८औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा युएइको बरदुवइ स्थित आयोजना गर्न लागेको हो। 

    यहि १४ अगस्ट २०२२ आइतबारका दिन बरदुवई स्थित क्लभ एभरेष्टमा आयोजना हुन लागेको कार्यक्रममा नेपाली दुतावास अबुधावीका राजदुत कृष्णप्रसाद ढकाल प्रमुख अतिथि रहने छन्।

    नेपाली आदिवासी जनजातीहरुको पुरातात्त्विक महत्वमा स्टलहरु, भेष-भूषा र सांस्कृतिक झाँकी प्रदर्शनका एवम् आदिवासी युवाहरुको व्यक्तित्व विकासका लागि मिस्टर एण्ड मिस इन्डिजिनस २०२२ प्रतियोगीता समेत हुने जानाकारी नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजय लक्ष्मी राईले बताइन। 

    प्रवासी कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई.ई.जी ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानाकारी आई.ई.जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए।

    त्यस्तै, सोही कार्यक्रममा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली नागरिकका लागि राहत, उद्धार गर्न स्थानीय प्रशासनसंग समन्वय गरी कोरोना प्रभावित नेपाली नागरिकहरुको सेवामा जुट्ने स्वय सेवकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक डम्बर लिम्बुले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म...

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...