News Portal

कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे हृदयघातका कारण मृत्यु

हिमालीसंचार संवाददाता
५७० पटक

कुवेत – कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो।

कपिलवस्तु, बाणगंगा ०१, पिपरा  राहदानी नं. (०५७१२५५३)११ जुलाई २०२२ हृदयघातका कारण निधन भएको हाे भने कुवेतस्थित नेपाली दूतावास कुवेतलाई१४ जुलाईमा जानकारी भयाे।
मृतक कुवेतको मामा मावाहेब रेस्टुरेन्ट कार्यरत थिए। साेहि रेस्टुरेन्ट छाेडि अवैधरुपमा अन्यत्रै काम गर्दै आइरहेको अवस्थामा हृदयघातका कारण मृत्यु भएको छ। मृतक आमाकाे नाम टिका कुमारी कुँवर हाे।

कुवेतस्थित नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार मृतकको प्रारम्भिक जानकारी नेपाली दूतावासमा प्राप्त भईसकेको छ। मृतकको पोस्टमार्टम रिपोर्टमा हृदयघातका कारण निधन भएको जनाएको छ। शव स्वदेश पठाउनका लागि कानूनी प्रक्रियाका काम भईरहेको छ। मृतकको परिवारलाई कुवेत स्थित नेपाली दूतावास कुवेतमा सम्पर्क गर्न आग्रह गरेको छ।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...