News Portal

राहदानी लिन आउन दूतावास कुवेतको आग्रह

हिमालीसंचार संवाददाता
५०७ पटक

कुवेत सिटी। कुवेतस्थित नेपाली राजदूतावासमा राहदानी आवेदन फारम बुझाएका मध्ये ३२० जनाको मात्र ई-पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ।

दूतावासले पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई आईतबार एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ९ बजे देखि दिउँसो १ बजे सम्म राहदानी वितरण हुने बताइएकोछ।

आईतबार बेलुकी दूतावासले आफ्नो अफिसियल फेसबूक पेज मार्फत दिएको सुचनामा टिका पौडेल र सुर्य रानाभाटसहितका केही सेवाग्राहीले समयमै राहदानी पाएको बताए पनी डिलु गिरी, रुद्र तामाङ योन्जन, थुलुङ ज्ञानू बिवस र सुरेन कपालीलगायत नामक फेसबूक प्रयोगकर्ताले समयमा राहदानी नपाएको गुनासो राखेका छन।

राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ थिच्नुहोस।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...