News Portal

  • राहदानी लिन आउन दूतावास कुवेतको आग्रह

    हिमालीसंचार संवाददाता
    ३७६ पटक

    कुवेत सिटी। कुवेतस्थित नेपाली राजदूतावासमा राहदानी आवेदन फारम बुझाएका मध्ये ३२० जनाको मात्र ई-पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ।

    दूतावासले पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई आईतबार एक सूचना प्रकाशित गर्दै जानकारी गराएको छ। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन ९ बजे देखि दिउँसो १ बजे सम्म राहदानी वितरण हुने बताइएकोछ।

    आईतबार बेलुकी दूतावासले आफ्नो अफिसियल फेसबूक पेज मार्फत दिएको सुचनामा टिका पौडेल र सुर्य रानाभाटसहितका केही सेवाग्राहीले समयमै राहदानी पाएको बताए पनी डिलु गिरी, रुद्र तामाङ योन्जन, थुलुङ ज्ञानू बिवस र सुरेन कपालीलगायत नामक फेसबूक प्रयोगकर्ताले समयमा राहदानी नपाएको गुनासो राखेका छन।

    राहदानी तयार भएको व्यक्तिहरुको नामावली हेर्न यहाँ थिच्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...