News Portal

सिंगापुर पुलिसमा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय

हिमालीसंचार संवाददाता
४६८ पटक

सिंगापुर। ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको जेल सजाय तोकेको हो।

उनलाई ५४ लाख सिंगापुर डलर ठगी गरेको आरोप लागेको छ। अहिले उनी पुर्पक्षका लागि जेलमा छन्। विकासलाई सन् २०१८ देखि नै सेवाबाट बर्खास्त गरिसकिएको छ। अनलाइन सट्टेबाजीमा पैसा लगाउने लतमा फसेका उनले विभिन्न व्यक्तिसँग पैसा लिंदै बाजीमा लगाउने गरेको पाइएको छ।

अनलाइन सट्टेबाजीमा लगाइएको यो हालसम्मकै उच्चतम रकम भएको समाचार नेपालन्यूजमा उल्लेख छ। विकासले राम्रो दरभाउमा पैसा नेपाल पठाइदिन्छु भन्दै पैसा लिने गरेको पाइएको थियो।

आफूले लिएमध्ये दुई लाख डलरभन्दा बढी रकम मात्र नेपाल पठाएको र अरू पैसा उनले ठगी गरेको आरोप लागेको थियो। उनले प्रति व्यक्ति दुई हजार डलरदेखि दुई लाख ४० हजार डलरसम्म ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ।

साथीहरूमाझ उनी भरपर्दो तरीकाले राम्रो डलर भाउमा पैसा नेपाल पठाउने संयन्त्र मिलाउन सक्ने व्यक्तिका रूपमा चिनिन्थे। तर, उनी सन् २०१६ मा फूटबलमा सट्टेबाजी गरी नराम्ररी पैसा गुमाउन पुगेका थिए।

उनले सिंगापुरबाट सामान किनेर नेपालमा महँगोमा बेच्दा नाफा हुने र सो नाफाका कारण सिंगापुर डलरको प्रचलित विनिमय दरभन्दा धेरै पैसा दिने लोभ देखाउँदै पैसा लिने गरेका थिए। एक जना अधिकृतले सन् २०१८ मा उजुरी गरेपछि उनको ठगी धन्दाबारे अनुसन्धान थालिएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...