News Portal

  • सिंगापुर पुलिसमा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय

    हिमालीसंचार संवाददाता
    ३५४ पटक

    सिंगापुर। ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको जेल सजाय तोकेको हो।

    उनलाई ५४ लाख सिंगापुर डलर ठगी गरेको आरोप लागेको छ। अहिले उनी पुर्पक्षका लागि जेलमा छन्। विकासलाई सन् २०१८ देखि नै सेवाबाट बर्खास्त गरिसकिएको छ। अनलाइन सट्टेबाजीमा पैसा लगाउने लतमा फसेका उनले विभिन्न व्यक्तिसँग पैसा लिंदै बाजीमा लगाउने गरेको पाइएको छ।

    अनलाइन सट्टेबाजीमा लगाइएको यो हालसम्मकै उच्चतम रकम भएको समाचार नेपालन्यूजमा उल्लेख छ। विकासले राम्रो दरभाउमा पैसा नेपाल पठाइदिन्छु भन्दै पैसा लिने गरेको पाइएको थियो।

    आफूले लिएमध्ये दुई लाख डलरभन्दा बढी रकम मात्र नेपाल पठाएको र अरू पैसा उनले ठगी गरेको आरोप लागेको थियो। उनले प्रति व्यक्ति दुई हजार डलरदेखि दुई लाख ४० हजार डलरसम्म ठगी गरेको भेटिएको प्रहरीले जनाएको छ।

    साथीहरूमाझ उनी भरपर्दो तरीकाले राम्रो डलर भाउमा पैसा नेपाल पठाउने संयन्त्र मिलाउन सक्ने व्यक्तिका रूपमा चिनिन्थे। तर, उनी सन् २०१६ मा फूटबलमा सट्टेबाजी गरी नराम्ररी पैसा गुमाउन पुगेका थिए।

    उनले सिंगापुरबाट सामान किनेर नेपालमा महँगोमा बेच्दा नाफा हुने र सो नाफाका कारण सिंगापुर डलरको प्रचलित विनिमय दरभन्दा धेरै पैसा दिने लोभ देखाउँदै पैसा लिने गरेका थिए। एक जना अधिकृतले सन् २०१८ मा उजुरी गरेपछि उनको ठगी धन्दाबारे अनुसन्धान थालिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...

    विष्णु माझीको ‘पुतलीको भट्टी’ शृङ्खला नेपाली लोकसंगीतमा अद्वितीय उपलब्धि

    काठमाडौं, साउन ३० – लोकप्रिय गायिका विष्णु माझी नयाँ तीज गीत ‘म त नराउरी’ मार्फत...

    नेपालगञ्जमा लागुऔषध कारोबार गर्ने चार जना पक्राउ, प्रहरीसँग झडपमा एक घाइते

    नेपालगञ्ज, साउन ३० – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार...