News Portal

इम्बोस्ड नम्बर राख्न सेवाग्राही नगएपछि कार्यक्रम प्रभावित

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडौं – आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ। हालसम्म करिब ३० हजार सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान भएको छ।

सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको छ। यातायात व्यवस्था विभागका अनुसार नम्बर प्लेट जडान गर्न आउने सेवाग्राहीको सङ्ख्या निकै कम छ।

यही अनुपातमा जडान गरिँदै जाने हो भने सम्झौता अवधिभित्र मुस्किलले ५० प्रतिशत सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान हुनेछ। विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भने, “सेवाग्राही आउनेक्रम जारी छ तर भीड छैन। सेवाग्राहीको गति बढ्न सकेन।” 

हालसम्म दुई लाख १५ हजारप्रति इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ। थप नम्बर प्लेटको माग आएपछि उत्पादन गरिन्छ। कार्यालयबाट माग आएपछि कम्पनीले प्लेट उत्पादन गरी उपलब्ध गराउने गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...