News Portal

बिना हतियार एटीएम मेसिन फोड्ने घटना एकपछि अर्को घट्दै

हिमालीसंचार संवाददाता
४२० पटक

काठमाडौं – पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार।

पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना हातहतियार खोलेर त्यहाँ भएको नगद चोरी गरिएको छ। नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अघाँचोकबाट एटीएम फोडेर रकम निकालिएको हो।

यसअघि  पोखरा-९ नयाँ बजारमा पनि एटीएम फोडेर चोरीको प्रयास भएको थियो। शुक्रबार मात्रै उक्त घटना घटेको थियो। घटना घटेको ६ दिनमा फेरि अर्को उस्तै प्रकृतिको घटना भएको हो।

यी दुवै एटीएम रातको समयमा फोडिएको छ। लेखनाथमा भने एटीएमको लक सामान्य तरिकाले नबोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...