News Portal

नुवाकोट धादिङ रसुवा सेवा समाजको दोस्रो अधिबेशन सम्पन्न अध्यक्षमा फुर्वा तामाङ

हिमालीसंचार संवाददाता
७६७ पटक

कुवेत– नुवाकोट धादिङ रसुवा समाज कुवेतको दोस्रो अधिवेशन तथा चौथो बार्षिक उत्सब कुबेतको खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ सप्पन्न भयाे। कार्यक्रम सुरुवात ११ बजेबाट भनेपनि कार्यक्रम १:३० बजेबाट सुरु भएको थियो। नेपाली समुदायबाट हुने हरेक कार्यक्रम ढिलाे नै शुरु हुन्छ।

नुवाकोट धादिङ रसुवा समाज कुवेतकोअध्यक्ष राकेश मनाङ्थेनकाे सभापतित्व र नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा राष्ट्रिय गान तथा स्वागत गीतबाट कार्यक्रम शुरुवात गरिएको थियो।

विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रनध्वज लामा नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्ल जनजाति महासंघ आदिवासी  कुवेतका अध्यक्ष अमृत तामाङले शुभकामना शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा उपस्थिति सबैजनालाई कार्यक्रम सयोजक धर्म लामाले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए भने
महासचिव अभिनाश तमाङले वार्षिक प्रतिवेदन पेश गरेका थिए। संस्थाका कोषाध्यक्षले कोषको बारेमा आर्थिक प्रतिवेदन पेश गरेका थिए।कार्यक्रममा विभिन्न मनोरन्जन गीतले उपस्थिति सम्पूर्ण दर्शकलाई भरपुर मनोरञ्जन दिएको थियो।कार्यक्रमस्थलमा दर्शक खचाखचले भरिएको थियो। कार्यक्रमको प्रायोजन अल मुल्ला एक्सचेन्ज गरेकाे थियो।

नुवाकोट धादिङ रसुवा सेवा समाजको दोस्रो अधिबेशनबाट निर्वाचित कार्यसमिति यसप्रकार छ।
१) अध्यक्ष फुर्वा तामाङ् रसुवा
२) बरिस्ठ उपाध्यक्ष छिरिङ् तामाङ् नुवाकोट
३) उपाध्यक्ष चन्द्र बहादुर तामाङ् नुवाकोट
४) महिला उपाध्यक्ष रिता दिम्दुङ् तामाङ् नुवाकोट
५) महा सचिव अविनाश तामाङ् धादिङ्
६) सचिव कार्लो तामाङ् धादिङ्
७) सह सचिव रसुवा
८) कोषाध्यक्ष रेम लामा तामाङ् धादिङ्
९) सह कोषाध्यक्ष लु माया तामाङ् नुवाकोट
१०) प्रवक्ता सुब्बा फ्युबा तामाङ् धादिङ्
११) सह प्रवक्ता पूर्ण तामाङ् नुवाकोट
१२) मूल कार्यसमिति सदस्य धादिङ्
१३) मूल कार्यसमिति सदस्य निमा डिकी घले रसुवा
१४) मूल कार्यसमिति सदस्य रसुवा
१५) मूल कार्यसमिति सदस्य सुर्जमान तामाङ् नुवाकोट
१६) मूल कार्यसमिति सदस्य सल माया तामाङ् धादिङ्
१७) मूल कार्यसमिति सदस्य मन्दिरा लोप्चन तामाङ् नुवाकोट
१८) मूल कार्यसमिति सदस्य शेर बहादुर तामाङ् नुवाकोट
१९) मूल कार्यसमिति सदस्य बलसिङ् तामाङ् नुवाकोट
२०) मूल कार्यसमिति सदस्य केशव सुनार नुवाकोट
२१) मूल कार्यसमिति सदस्य माया मोक्तान रसुवा
सल्लाहकारहरु
१) प्रमुख सल्लाहकार राकेश मनाङ्थेन धादिङ्
२) बरिस्ठ सल्लाहकार सितमान तामाङ् नुवाकोट
३) बरिस्ठ सल्लाहकार टेक बहादुर तामाङ् नुवाकोट
४) सल्लाहकार कुल बहादुर तामाङ् धादिङ्
५) सल्लाहकार सुन बहादुर तामाङ्ग नुवाकोट
६) सल्लाहकार सुर्य घ्लान तामाङ् नुवाकोट
जिल्ला प्रमुखहरु
१) जिल्ला प्रमुख पेम्पा तितुङ् तामाङ् नुवाकोट
२) जिल्ला उप प्रमुख लक्ष्मी देवी तामाङ नुवाकोट
३) जिल्ला प्रमुख गणेश तामाङ् धादिङ्
४) जिल्ला उप प्रमुख बलराम तामाङ् धादिङ्
५) जिल्ला प्रमुख माया तामाङ् रसुवा
६) जिल्ला उप प्रमुख जुन माया तामाङ् रसुवा
विभागीय प्रमुखहरु
१) सांस्कृति बिभाग प्रमुख विश्व पासा तामाङ् नुवाकोट
२) सांस्कृति बिभाग उप-प्रमुख राहुल तामाङ् रसुवा
३) महिला प्रमुख मोटु माया तामाङ् धादिङ्
४) महिला उप प्रमुख रेश्मा तामाङ् (ख्रिस्ट) धादिङ्
५) खेलकुद बिभाग प्रमुख प्रेम तितुङ् तामाङ् धादिङ्
६) यातायात बिभाग प्रमुख सुवास लोप्चन नुवाकोट
७) संचार बिभाग प्रमुख नवराज तिमल्सिना नुवाकोट
८) यूवा बिभाग प्रमुख धर्म तामाङ् नुवाकोट

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...