News Portal

सरकारको आलोचना गर्नेलाई कडा सजाय गर्न उर्दी

हिमालीसंचार संवाददाता
२७९ पटक

अफगानिस्तान। तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरुको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ।

यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै उक्त नयाँ निर्देशन प्रकाशित गरेका छन्।

तालिबानका सर्वोच्च नेता अखुन्दजादाको नयाँ निर्देशनअनुसार जनतालाई सरकारी कर्मचारी र अधिकारीविरुद्ध अनावश्यक आरोपहरू रोक्न उर्दी दिइएको छ।

केही मानवअधिकार संगठन र मिडिया रिपोर्टअनुसार तालिबानले सोशल मिडियामा आलोचना गर्ने केही व्यक्तिहरूलाई गिरफ्तार, कैद र यातना दिएको छ। तालिबान नेताको नयाँ निर्देशनमा त्यस्ता कार्यहरूलाई ‘नकारात्मक प्रचार’को रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...