News Portal

  • विवाहको महिना दिन नपुग्दै मृत भेटिइन् सञ्जु दास

    हिमालीसंचार संवाददाता
    १८२ पटक

    जनकपुरधाम। रौतहटमा नवविवाहित महिलाको हत्या भएको आशंका गरिएको छ। वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएको हो। गत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको शव फेला परेको थियो।

    घाँटी थिचेर सञ्जुको हत्या गरिएको माइती पक्षको दाबी छ। गत असार ६ गते कटहरिया नगरपालिका-५ की सञ्जु र कन्ठलाल दासको परम्परागत रूपमा विवाह भएको थियो। विवाहमा समेत दाइजोकै विषयलाई लिएर कुटाकुट भएको थियो।

    ‘केटा पक्षले १० लाख दाइजो (तिलक) मागेका थिए। केटीका बुवा रामचन्द्रले ७ लाख मात्र व्यवस्था गर्न सके। त्यसै विषयलाई लिएर जन्ती आएपछि मारपिट भएको थियो‘, कटहरिया-५ का वडाध्यक्ष सरफलाल प्रसाद गुप्ताले भने।

    दुबैतर्फका समाजका अगुवालाई राखेर बाँकी दाइजो विवाहपछि दिनेगरी सहमति भएपछि विवाह भएको थियो। विवाहपछि बाँकी पैसा दिने कुरा भएको आफूले पनि सुनेको वडाध्यक्ष गुप्ताले बताए। यद्यपि यसबारे थप कुरा थाहा नभएको उनको भनाइ छ।

    सञ्जुका बुवा रामचन्द्रका अनुसार विवाह भएलगत्तै दाइजो नल्याएको भन्दै उनलाई मानसिक तथा शारीरिक यातना दिइन्थ्यो। इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी वरूण सिंहले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले थप कुरा बोल्न नमिल्ने बताए। घर पक्षले सञ्जुले आत्महत्या गरेको बताउँदै आएको छ।

    घटना शंकास्पद देखिएपछि प्रहरीले शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल नपठाई काठमाडौं पठाएको थियो। घटनाबारे अनुसन्धानका लागि सञ्जुको परिवारसँग सोधपुछ जारी रहेको डिएसपी सिंहले बताए। पोष्टमर्टम रिपोर्ट आइसकेपछि थप कुरा खुल्ने उनको भनाइ छ। – सेतोपाटीबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...