News Portal

  • खोटाङको दिक्तेल बजारमा प्रदेशको नाम “किरात प्रदेश” राख्न माग सहित प्रदर्शन

    हिमालीसंचार संवाददाता
    ३६२ पटक

    खोटाङ – प्रदेश नं. १ को नामकरण विषयमा पहिचानवादी संघसंस्थाहरुले दबाब मुलक कार्यक्रम सहित विराटनगर घेराउ गरिरहेको समयमा आज खोटाङ जिल्लाको दिक्तेल बजारमा “किरात प्रदेश” माग सहित प्रदर्शन गरिएको छ।

    पहिचानको आधारमा किरात नाम राख्दा उपयुक्त हुने भन्दै किरात राई यायोक्खाले दिक्तेल बजारमा प्रदर्शन गरेको हो। दिक्तेलको किरातचोकबाट सुरु भएको प्रदर्शन हाटडाँडा हुँदै भवनगैह्रा विभिन्न ठाउँमा कोणसभा गरिएको थियो।

    दिक्तेल बजारको हाटडाडाँमा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्‌का अध्यक्ष फूर्बा शेर्पा, त्रिवेणीमा भएको कोणसभालाई केके राई, पुरानो बेस क्याम्पमा किरात खेलकुद संघका केन्द्रीय अध्यक्ष सन्जयकुमार राई, भवन गैह्रामा भएको कोणसभालाई सामाजिक अभियन्ता पर्खनबहादुर राई र किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिमराम राईले सम्बोधन गरेका थिए।

    कोणसभामा वक्ताहरुले आफ्नो आधरणा राख्ने क्रममा किरात भन्ने शब्द जाति र धर्म नभई नेपालको प्राचिन सभ्यता भएकाले इतिहासका आधारमा प्रदेशको नाम पनि “किरात प्रदेश” राखिनु पर्ने माग गरेका थिए। 

    प्रदेशसभामा एमालेका सभामुख सहित ३९ जना, कांग्रेसका २१ जना, माओवादी केन्द्रका १६ मध्ये एक पदमुक्त हुदा १५ जना, एकीकृत समाजवादीका १० जना, जसपाका ३ जना, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना गरी ९३ जना सांसदहरु छन्।

    प्रदेशको नामकरणका लागि दुई तिहाइ संख्या पुर्याउन ६२ जना सांसद आवश्यक पर्छ। तीन वटा दल एकातिर नभएसम्म प्रदेशको नामकरणका लागि आवश्यक संख्या पुग्ने सम्भावना देखिन्न।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...